• २०७८ जेष्ठ ३ गते सोमवार
  • Preeti To Unicode

एसएसपी दिपक थापा राष्ट्रपतिबाट जनसेवाश्रीद्वारा बिभुषित सम्मान


Author Logo..
सागर थापा

सागर थापा/ बैशाख १, दाङ ।

प्रहरी प्रधान कार्यालय काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी दिपक थापा प्रवल जनसेवाश्री चतुर्थ श्रेणीद्वारा बिभुषित भएका छन् । नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिबृद्धिमा पुर्याउनु भएको उल्लेखनिय गोगदानको उच्च मुल्याङ्कन गर्दै नयाँ बर्ष बैशाख १ गते बुधबार प्रवल जनसेवाश्री चतुर्थ श्रेणीद्वारा बिभुषित भएका हुन् ।

संबिधान दिवश २०७७ सालको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट बिभुषण प्रदान गर्ने घोषणा बमोजिम नै प्रवल जनसेवाश्री चतुर्थ श्रेणी प्रदान गरिएको हाे । वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी थापा अहिलेसम्म १४ वटा जिल्लामा प्रहरी प्रमुखको रूपमा काम गरिसकेका छन् ।

चितवन, खोटाङ, मकवानपुर, मोरङ, सुनसरी, रौतहट, रुकुम, डोटी, बैट्डी, काभ्रे, अपराध महाशाखा काठमाडौं र हाल प्रहरी प्रधान कार्यालय काठमाडौंमा छन् । एसएसपी थापा विभिन्न जिल्लामा प्रहरी प्रमुख भएर बस्ने क्रममा फरार भएका अपराधीहरू पक्राउ गुन्डागर्दी शन्यू लुटपाट लागूऔषध नियन्त्रण अभियान समेत लिएर नागरिकको घर दैलोमा पुगेर नागरिकको गुनासो सुन्ने कार्यलाई निरन्तरता दिएका थिए ।

प्रकाशित मिति : २०७८ बैशाख १ गते बुधवार