• २०७८ जेष्ठ ३ गते सोमवार
  • Preeti To Unicode

कर्णालीमा एमालेका सांसदले ‘फ्लोर क्रस’ गरेपछि प्रदिप ज्ञवाली र यामलाल कँडेलले दिए यस्ताे प्रतिकृया


बैशाख ३, सुर्खेत ।

कर्णाली प्रदेशमा पार्टीका सांसदहरूले नै फ्लोर क्रस गरेर माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएपछि नेकपा एमालेको ओली समूह क्रुद्ध बनेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओली समूहका सांसदहरूले मुख्यमन्त्री शाहीको विपक्षमा मतदान गरे पनि नेता माधवकुमार नेपाल पक्षका चार जना सांसदहरूले फ्लोर क्रस गरेपछि  शाहीको मुख्यमन्त्री पद जोगिएको हो।

परराष्ट्र मन्त्रीसमेत रहेका एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले कर्णाली प्रदेशमा फ्लोर क्रस हुनुलाई अराजकताको संज्ञा दिएका छन् । केहि संचारमाध्यामलाइ दिएकाे प्रतिकृयामा ज्ञवालीले यो अराजकता क्षम्य नहुने बताए।

‘कर्णालीमा आज अराजकता देखिएको छ। एमाले पार्टीभित्र यो अराजकता क्षम्य हुँदैन,’ ज्ञवालीले भने। फ्लोर क्रस गर्ने सांसदहरूलाई के कारबाही हुन्छ भन्नेचाहिँ उनले खुलाएनन्।

त्यस्तै एमाले कर्णाली प्रदेशका संसदीय दलका नेता यामलाल कँडेल पनि आफ्नो पार्टीबाट ‘फ्लोर क्रस’ गर्ने सांसदहरुप्रति आक्रोशित बनेका छन् । पार्टीका जिम्मेवार नेताहरुले राजनीतिक अपराधको पराकाष्टा प्रस्तुत गरेको उनले प्रारम्भिक प्रतिक्रिया दिए ।

केहि संचारमाध्यामलाइ दिएकाे प्रतिकृयामा कँडेलले भने, ‘यस्तो होला भन्ने सोचिएको थिएन । हाम्रा साथीहरूबाट गलत हर्कत भयो । यो राजनीतिक अपराध हो । हामी अब बिधानअनुसार चल्नेछौं ।’

शुक्रबार कर्णाली प्रदेश सभामा मुख्यमन्त्री शाहीले विश्वासको मत लिएका थिए। मतदानमा सहभागी भएकामध्ये २२ जनाले उनको पक्ष र १५ जनाले विपक्षमा मत हालेका थिए ।

प्रकाशित मिति : २०७८ बैशाख ३ गते शुक्रवार