• २०७८ जेष्ठ ३ गते सोमवार
  • Preeti To Unicode

एमाले माधव समुहले सल्यानमा बनायाे १३५ सदस्यीय जिल्ला कमिटी, अध्यक्षमा बाेहरा (नाम लिष्टसहित)


बैशाख ३, सल्यान ।

नेकपा एमाले माधवकुमार नेपाल पक्षले सल्यानमा १५ जना पछि थप गर्नेगरी ११५ सदस्यीय जिल्ला कमिटी बनाएकाे छ । यसलाइ माधव पक्ष समुहले केपी ओलीले कम्युनिस्ट सखाप पार्न लागेकाे दाबी गर्दै एमाले पुनर्गठन गरिएको जनाएकाे छ ।

शुक्रबार खलंगामा पत्रकार सम्मेलनमार्फत उक्त कमिटीकाे घाेषना गरिएकाे हाे । तत्काललाइ १२० बनाइएकाे र केहिदिन भित्र १५ सदस्यीय थप्ने गरी विधानअनुसारकाे १३५ सदस्यीय जिल्ला कमिटी बनाइएकाे प्रदेश सदस्य हरि केसीले बताए ।

जिल्ला कमिटीकाे अध्यक्षमा उदय बहादुर बोहरा, उपाध्यक्षमा राम कुमार खड्की, सचिवमा रमेशकुमार गौतम र सहसचिवमा भोला केसीलाइ ताेकिएकाे छ । सचिव गाैतम जिल्ला अधिवेशनबाट निर्वाचित भएर आएका यथावत हुन भने अन्यलाइ नयाँमा ताेकिएकाे हाे ।

यस्तै पार्टीको निर्वाचन आयोगको संयोजकमा रामचन्द्र रेग्मी र सचिवमा बिजय सरण आचार्यलाइ ताेकिएकाे छ । रेग्मी यसअघि जिल्ला अधिवेशनबाट निर्वाचन आयोगको सचिवमा निर्वाचित भएका थिए ।

केहिदिन भित्र रिक्त रहेका सदस्यहरु थप्ने र विभिन्न पालिकाहरुमा पनि नेताहरुकाे जिम्मेवारी बाँडफाँड गर्ने सचिव रमेश गाैतमले बताए ।

यस्ताे छ जिल्ला कमिटीकाे सुचि

प्रकाशित मिति : २०७८ बैशाख ३ गते शुक्रवार