• २०७८ जेष्ठ ३ गते सोमवार
  • Preeti To Unicode

सांस्कृतिक कार्यक्रम गरेर ११औं वार्षिकोत्सब मनायो कपुरकोट एफएमले (फोटोफिचर)


बैशाख ४, सल्यान ।

रेडियो कपुरकोट एफएम सल्यानले आफ्नो ११ औं वार्षिकोत्सब कार्यक्रम कलाकारहरुका बीच मनाएको छ ।

२०६६ सालमा स्थापना भएको कपुरकोट एफएमले शनिबार कपुरकोटमा संस्कृतिक कार्यक्रम गरेर वार्षिकोत्सब मनाएको हो । कार्यक्रममा लोकदोहोरी गायक शक्ति चन्द, गायिका टीका सानू, मोडल बिनी गुरुङ लगाएतका कलाकारहरुको प्रस्तुति रहेको थियो ।

सांस्कृतिक कार्यक्रम हेर्न सयौं दर्शकहरुको उपस्थिति रहेको थियो । कलाकारहरुले गीत गाएर थुप्रैलाई नचायका थिए ।

कपुरकोट गाउँपालिका अध्यक्ष भीम बहादुर सेनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा विभित्र अतिथिहरुको सहभागीता रहेको थियोे । रेडियोका कार्यबाहक अध्यक्ष मुकुन्द जिसीको सभाअध्यक्षता र कार्यकारी प्रमुख सन्तोष जिएमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन शंकर केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ बैशाख ४ गते शनिवार