• २०७८ जेष्ठ ३ गते सोमवार
  • Preeti To Unicode

कालिका मावि कोटमौला सल्यानको अध्यक्षमा राप्रपा विजय


खेमराज सुनार

खेमराज सुनार/ बैशाख ५, सल्यान ।

सल्यान बागचौर नगरपालिका ८ कोटमौलामा रहेको कालिका माध्यमिक विद्यालयको अध्यक्षमा राप्रपा नेपालले जितेको छ ।

गत चैत १६ गत भएको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा निर्वाचित भएका राप्रपाका राजु चन्दलाई बैसाख ४ गते एक औपचारिक कार्यक्रमका अध्यक्षमा नियुक्ति गरिएको हो ।

निर्वाचित चन्द राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल बागचौर नगरकमिटी सदस्य हुन् । उनलाई स्कुलमै पुगेर शनिबार नगर अध्यक्ष प्रमोद कुमार डाँगीले सम्मान समेत गरेका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख ५ गते आइतवार