• २०७८ जेष्ठ ३ गते सोमवार
  • Preeti To Unicode

दुर्घटना न्यूनीकरण गर्न सल्यानको बागचौरमा अभिमुखिकरण


पुष्पा रिजन डिसी

पुष्पा रिजन डिसी/ बैशाख ५, सल्यान ।

सल्यानको बागचौर नगरपालिकाले यातायात सेवाग्राहीहरुलाई  दुर्घटना न्यूनीकरण सम्बन्धि अभिमुखिकरण गराएको छ ।

आइतबार विभित्र किसिमका सवारीसाधनका चालकहरु र अन्य यातायात सेवाग्राहीलाई अभिमुखिकरण दिएको हो । जिल्ला ट्राफिक कार्यालय सल्यानका प्रमुख दिपेन्द्र केसी र जिल्ला प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले अभिमुखिकरण गरेका हुन् ।

अभिमुखिकरणमा सयभन्दा भन्दा बढी चालकहरू तथा यातायात सेवाग्राहीहरुको सहभागीता रहेको थियोे । यस्ता अभिमुखिकरणले सवारी दुर्घटनामा केहि कम हुने नगरप्रमुख लोकमान बुढाथोकीको विश्वास छ । यस्ता कार्यक्रमहरु अन्य स्थानीय तहहरुले पनि गर्न आवश्यक भएको उनले बताए ।

यसैबीच बागचौरमा ट्राफिक व्यवस्थापनमा राम्रो काम गरेको भन्दै नगरपालिकाले अस्थायी ट्राफिक पोस्ट थारमारेका प्रमुख इन्चार्ज बिरेन्द्र कठायतलाई सम्मान गरेको हो । कठायतले थारमारे आएयता सडक सुधारका लागि बोर्ड फेर्ने, घुम्ती फराकिलो बनाउने, ट्राफिक आइलन लगाएतका कामहरु गरेका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख ५ गते आइतवार