• २०७८ साउन १७ गते आइतवार
  • Preeti To Unicode

प्रकाश सपुतको ‘मेरोपनि होइन र यो देश’ ट्रेनिङ नम्बर १ मा


बैशाख १२, काठमाडाैं ।

चर्चित गायक प्रकाश सपुतले तयार गरेको गीत ‘मेरो पनि हैन र यो देश’ युटुबकाे ट्रेनिङ नम्बर १ मा परेकाे छ । शुक्रबार साँझ प्रकाश सपुतले आफ्नै अफिसियल युटुबमा सार्वजनिक गरेकाे गीत शनिबार राती नै युटुबकाे ट्रेनिङ नम्बर एकमा देखिएकाे हाे ।

गीत युटुबमा सार्वजनिक भएकाे ३६ घण्टामा साढे ९ लाखले हेरिसकेका छन् । ‘हाम्लाई के नै सुख छर…सक्नेले गर…नसक्ने पर…तर…मेरो पनि हैन र यो देश मेरो पनि होइन र’ थेगो रहेको गीतमा राष्ट्रीय भावना झल्किन्छ । गीतका टुक्काहरुमा आम नागरिकका गुनासो समेटिएका छन्।

यसको म्युजिक ऐरेज्मेन्टमा देशको सांस्कृतिक विविधतालाई समेट्ने प्रयास गरिएको छ। गीत प्रकाश सपुतको शव्द, संगीतमा तयार भएको हो ।

गीतको म्युजिक भिडियो निर्देशनसमेत सपुत आफैले गरेका हुन् । बोलमाँया, गलवन्दी, बदला, बरिलै लगायतका चर्चित गीत निकालेका सपुतको नयाँ गीतले पनि निकै चर्चा बटुल्ने अनुमान गरिएको छ। प्रस्तुतीमा बजारमा आएको यो गीतले पनि सफलता पाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०७८ बैशाख १२ गते आइतवार