• २०७८ जेष्ठ ३ गते सोमवार
  • Preeti To Unicode

१६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा


बैशाख १३, काठमाडौं ।

कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढेपछि काठमाडौं उपत्यकाका तीन जिल्लामा आगामी बैशाख १६ गते बिहीबार राति १२ बजेदेखि एक साता निषेधाज्ञा गरिने भएको छ।

सोमबार बसेको काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले महामारी रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

अहिले ड्राफ्ट तयार भई सबै निर्णयबारे केहिबेरमा सूचना सार्वजनिक गरिने श्राेतले बतायाे । वैशाख १६ गतेदेखि सार्वजनिक र निजी यातायात पनि बन्द गर्ने स्रोतको भनाइ छ ।

होटल तथा रेष्टुरेन्टले पनि टेक अवे सेवा मात्र दिन पाउनेछन् ।

प्रकाशित मिति : २०७८ बैशाख १३ गते सोमवार