• २०७८ जेष्ठ ३ गते सोमवार
  • Preeti To Unicode

विवाह गर्दा जिल्ला प्रशासनबाट अनुमति लिनुपर्ने, कति जनासम्म सहभागी हुन पाइन्छ ?


बैशाख १३, काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले विवाह ब्रतबन्धजस्ता कार्यक्रममा बढीमा १५ जनासम्म मात्रै उपस्थित हुन र त्यो पनि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिन भनेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जारी गरेको आदेशमा भनिएको छ, “सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, सैलून, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न नपाइने ।”

त्यस्तै विवाह ब्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र गर्ने भनिएकाे छ ।

यसैबीच काठमाडौं उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझ एक आदेश जारी गरी अत्यावश्यक सेवाबाहेकका सेवा बन्द गरेको हो ।

प्रकाशित मिति : २०७८ बैशाख १३ गते सोमवार