बैशाख १४, सल्यान ।
नेपाली गजल जगतको सबैभन्दा ठुलो राशीकाे पुरस्कारकाे अक्षकाेष सल्यानमा स्थापना भएकाे छ । सल्यान बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १ निवासी एक दम्पतिले आफ्नो छोराको प्रणय सम्झनामा ‘चेतन ‘गजल पुरस्कारको लागि अक्ष्यकोष स्थापना गरेका छन् ।
नेपाली भाषा, कला, साहित्यको उन्नयनका लागि बिगत लामो समय अगाडि देखि जिल्लामा विभिन्न साहित्य गतिविधि गर्दै आएको सल्यान कला साहित्य परिषदका पदाधिकारीहरुको रोहबरमा नेपाली गजलका लागि योगदान र लेखनमा कृयाशिल एक जना गजलकारलाई प्रत्येक बर्ष मनाइने परिषदको वार्षिकोत्सबमा यो पुरस्कार प्रदान गरिनेछ ।
उत्त पुरस्कारको राशी ५६ हजार ६ सय ६६ रुपैयाँ रहेको सल्यान कला साहित्य परिषद्का अध्यक्ष भरत रोकायले बताए । उनका अनुसार याे राशी नेपालमा पुरस्कृत गरिने नेपाली गजलको सबै भन्दा ठुलो गजल पुरस्कार राशि हो ।
याे गजल पुरस्कार राशी सल्यानमा स्थापना र सल्यान कला साहित्य परिषदबाट प्रदान गरिने परिषदका संस्थापक लोकेश जलनले बताए ।
उनकाअनुसार यो पुरस्कार परिषदको आयोजनामा जेठ दोस्रो हप्ता हुन लागेको सल्यान चौथो गजल महफिलमा सार्वजनिक गरिने योजना भएपनि कोभिडको कारण महफिल पछाडि धकलिएकिए पछि परिषद पदाधिकारीहरुले विभिन्न माध्यमबाट आजै अनौपचारिक जानकारी गराएका थिए ।
परिषदका अनुसार ती दम्पतीको नाम आउदो मंसिरमा हुने वार्षिकोत्सबमा सार्वजनिक गरिने छ ।