• २०७८ जेष्ठ ३ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा काेराेनाकाे दाेस्राे खाेप लगाएकालाइ पनि देखियाे संक्रमण


बैशाख १५, सल्यान ।

सल्यानमा काेराेनाकाे दाेस्राे चरणकाे खाेप लगाएका एकजनालाइ काेराेना संक्रमण देखिएकाे छ ।

जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिका सल्लीबजार स्थित लक्ष्मि बैंकका एक कर्मचारीमा काेराेना पुष्टि भएको हाे । काेराेनाकाे दाेस्राे खाेप लगाएर काेराेना संक्रमण हुने उनि सल्यानमा पहिलाे व्यक्ति हुन् ।

बैशाख १० गते दोस्रो डाेज खाेप लगाएपछि ११ गतेदेखि उनमा ज्वरो आउने, टाउको दुख्ने जस्ता लक्षणहरु देखिएकाे थियाे ।

त्यसपछि सुर्खेतको मेहलकुना अस्पतालमा चेकजाँच गर्दा उनलाई काेराेना संक्रमण पुष्टि गरेको हो । कर्मचारीलाई काेराेना देखिए पछि बैंकको सेवा सञ्चालन हुने वा नहुने भन्ने कुरामा दुविधा रहेको जनाइएको छ ।

बैंक सिल गर्न या नगर्ने भन्नेमा नगरपालिकासँग छलफल भैरहेकाे बैंकले जनाएको छ ।

सल्यानमा बैशाख २ गतेदेखि हालसम्म १ सय २४ जनालाइ काेराेना संक्रमण देखिएकाे छ । पछिल्लो समय कोरोना पुष्टि भएका केहि बिरामीहरुमा गम्भीर स्वास्थ्य समस्या देखिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएकाे छ ।

प्रकाशित मिति : २०७८ बैशाख १५ गते बुधवार