• २०७८ जेष्ठ ३ गते सोमवार
  • Preeti To Unicode

गाउँपालिका अध्यक्षको मृ’त्यु


बैशाख १७, काठमाडौं ।

पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनीप्रसाद कुशवाहाको मृ त्यु भएको छ।

केहि दिनदेखि कोरोनासँग मिल्दाे जुल्दो लक्षण देखिएका उनको घरमै उपचार गराउने क्रममा मृ त्यु भएको हो। उनका छोरा चिकित्सक भएका कारण कोरोनाको परीक्षण नगराई घरमै राखेर उपचार गराएको गाउँपालिकाले जनाएको छ।

एक हप्तादेखि रुघा, खोकी र ज्वरो आएको अवस्थामा उपचार गराउँदै गर्दा आज बिहान साढे २ बजे मृ त्यु भएको हो ।

देशमा काेराेना संक्रमण उच्च रुपमा देखिन थालेपछि आजसम्म १६ जिल्लामा पूर्ण र चार जिल्लामा आंशिक निषेधाज्ञको घोषणा भएको छ।

सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्नसक्ने अधिकार दिएको थियो ।

नेपालमा हिजाे मात्रै कोरोना संक्रमणबाट ३५ ज्यान गएको छ। हिजाे मात्र देशभर कुल ४ हजार ८ सय ३१ जना कोरोना संक्रमण थपिएका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख १७ गते शुक्रवार