• २०७८ जेष्ठ ३ गते सोमवार
  • Preeti To Unicode

लुम्बिनीमा राजनीतिकाे अर्काे चक्रभ्यूः एमाले सांसद माओवादीमा प्रवेश, पोखरेलको बहुमत गुम्यो


बैशाख १९, बुटवल ।

लुम्बिनी प्रदेश सांसद विमला ओली माओवादीमा प्रवेश गरेकी छिन् । ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।

दाङबाट प्रदेशसभा ३ (ख)बाट ओलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् ।

माओवादी र एमाले विभाजित भएपछि उनी कता लाग्ने टुंगो नलाग्दै एमालेले उनलाई समेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको बताएको थियो ।

तर ओलीले माओवादी कित्तामा जाने निर्णय गरेपछि मुख्यमन्त्री पोखरेलले बहुमत गुम्ने ठहर गर्दै राजीनामा दिएको बुझिएको छ ।

यसैबीच माओवादीले विमला ओली पार्टीमा प्रवेश गरेको औपचारिक जानकारी प्रदेश सभालाई जानकारी गराइसकेको एक नेताले बताए ।

ओली स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमार वलीकी पत्नी हुन्। सवारी दुर्घटनामा उनको निधन भएपछि भएकाे उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यलाई ५ हजार १ सय ४ मतअन्तरले पराजित गर्दै ओली विजयी भएकी थिइन् ।

प्रकाशित मिति : २०७८ बैशाख १९ गते आइतवार