• २०७८ जेष्ठ ३ गते सोमवार
  • Preeti To Unicode

स्थायी कमिटीको आकस्मिक बैठकलगत्तै राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री ओली


बैशाख १९, काठमाडाैं ।

नेकपा एमालेले आकस्मिक रूपमा बोलाएको स्थायी कमिटी बैठक सकिएको छ ।

आइतबार दिउँसो १२ बजेलाई बोलाइएको बैठक ढिला गरी केही बेर मात्रै बसेर सकिएको हो ।

बैठक सकिएलगत्तै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका छन् । बैठकका निर्णय भने सार्वजनिक गरिएको छैन ।

लुम्बिनी प्रदेशसहित केन्द्रमा राजनीतिक हलचल चलिरहेको बेला ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार बिहान पदबाट राजीनामा दिएसँगै उनले नयाँ सरकार बनाउन पहल गरिरहेका बेला विमला ओली माओवादीतिर लागेपछि उनी शंकटमा परेका छन् ।

 

प्रकाशित मिति : २०७८ बैशाख १९ गते आइतवार