• २०७८ जेष्ठ ३ गते सोमवार
  • Preeti To Unicode

माओवादी पार्टीमा गएकी बिमला वलीको ‘सांसद पद’ के हुन्छ ?


बैशाख १९, बुटवल ।

नेकपाबाट उपनिर्वाचन जितेकी लुम्बिनी प्रदेश सभा सांसद बिमला वलीले माओवादी केन्द्र रोजेकी छन् । उपनिर्वाचनकाे बेला एमाले र माओवादी पार्टी एकीकृत थिए ।

उनी सूर्य चिन्हबाट चुनाव जितेकी हुन् । ‘एकीकृत हुँदाका अवस्थामा चुनाव जित्नेको हैसियत के हुन्छ ?’ अवस्था अन्यौलपूर्ण छ । उनलाई निस्कासन गर्न सक्ने या नसक्ने विषय राजनीतिक र कानुनी बहसको विषय बनेको छ ।

वलीले दाङ ३ (ख) बाट उपनिर्वाचन जितेकी थिइन् ।

‘हामी त्यो विषयमा हामी कन्फ्युजनमा छौं’ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने, ‘त्यो विषयमा अदालतले केही बोलेको छैन । अर्काे त, निर्वाचन आयोगलाई त्यो विषयमा हेर्ने अधिकार पनि छैन । त्यो त संसद र सभामुखले नै निर्णय लिने विषय हो । आयोगलाई पद खालि भएपछि मात्रै जानकारी आउने हो । खालि भएका ठाउँमा निर्वाचन गराइदिनेसम्म हो ।’

नेकपा बनिसकेपछि तीनै तहमा उपनिर्वाचनका आधारमा जनप्रतिनिधि बनेका थिए । आयोगका अनुसार, प्रतिनिधि सभामा एक, राष्ट्रिय सभामा १६, प्रदेश सभामा १ र स्थानीय तहमा ३२ जनाले नेकपाको नामबाट चुनाव जितेका छन् ।

नेकपाको सूर्य चिन्हबाट विजयी भएकाहरूको हकमा दलीय हैसियतमा समस्या सिर्जना भएको हो ।

 

प्रकाशित मिति : २०७८ बैशाख १९ गते आइतवार