• २०७८ जेष्ठ ३ गते सोमवार
  • Preeti To Unicode

माओवादीमा गएकी सांसद विमला वली दिइन् यस्ताे प्रतिकृया, के भन्छन् त एमालेका नेता


वैशाख १९, बुटवल ।

लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफूले राजीखुसी नेकपा माओवादी केन्द्र रोजेको बताएकी छन् ।

प्रदेशसभा सदस्य वलीले पत्रकार सम्मेलन गरेर भनेकी छन्, ‘कसैले आउनुपर्छ भनेर होइन, मेरो आफ्नै खुसीले माओवादी केन्द्र रोजेको हुँ ।’ चुनावका क्रममा हाल माओवादी केन्द्रमा भएका नेताहरुबाटै बढी सहयोग पाएको उनले बताइन् ।

वली दाङ ३ (ख) मा भएको उपचुनावमा साविकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट विजयी भएकी थिइन् ।

के भन्छन् त एमालेका नेता

लुम्बिनी प्रदेशको कामचलाउ सरकारका मन्त्री वैजनाथ चौधरीले प्रदेश सभा सदस्य विमला वली (विमलाकुमारी खत्री) अपहरणमा परेको दाबी गरेका छन्। सरकारका प्रवक्तासमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री चौधरीले वलीलाई दाङबाट बुटवल आउँदै गर्दा बाटोमा अपहरण गरिएको बताए।

‘उहाँ संसदीय दलको बैठकमा सहभागी हुन आउँदै हुनुहुन्थ्यो। बाटो बाटै अपहरण गरे। बीच बाटोबाट अर्को गाडीमा चढाएर लगिएको छ’, चौधरीले भने, ‘हामीले सुरक्षा निकायलाई खोज तलास गरी उद्धार गर्न भनेका छौं।’

उनले आफूहरूले वलीलाई पर्खने बताए। ‘उहाँ आएपछि यथार्थ कुरा थाहा हुन्छ’, चौधरीले भने, ‘उहाँलाई सकुशल उद्धार गरेर कुराकानी गर्छौं। अनि त्यसपछि बल्ल कसरी अगाडि बढ्ने टुङ्गो लाग्छ।’

प्रकाशित मिति : २०७८ बैशाख १९ गते आइतवार