• २०७८ जेष्ठ ३ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा थप ६२ जनामा देखियाे काेराेना संक्रमण


बैशाख २०, सल्यान ।

सल्यानमा सोमबार ६२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार पिसिआर परिक्षणमा २६ जना र एन्टिजेन परीक्षणमा ३७ जना गरी कुल ६२ जनालाइ काेराेना पुष्टि भएकाे हाे ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार ६२ जनाको एन्टीजिन परिक्षण गरेकोमा ३६ जनाको पोजेटिभ आएको हो । शारदा नगरपालिका र सल्यान अस्पतालका १६, छत्रेश्वरी गाउँपालिकाका ४, त्रिवेणी गाउँपालिका ३, बागचौर नगरपालिका ५ बनगाड कुपिण्डे नगरपालिका ६ र कुमाख गाउँपालिकाका २ जनामा कोरोना पोजेटिभ देखिएको कार्यालयले जनाएको छ ।

त्यस्तै १२५ जनामा पिसिआर परिक्षण गर्दा २६ जनालाइ पाेजेटिभ देखिकाे स्वास्थ्य कार्यालय सल्यानका काेराेना फाेकल प्रसन रिखाराम पुनले बताए ।

सल्यानमा हाल सक्रिय संक्रमितकाे संख्या २ सय ९९ रहेकाे छ । जसमा १४ जना अस्पतालमा उपचाररत छन् भने २ सय ८५ जना हाेम आइसुलेशनमा रहेका छन् । कोरोनाबाट हालसम्म सल्यानमा उपचाररत ५ जनाको मृत्यु भइसकेको छ ।

यसैबीच सल्यानमा हिजाेदेखि गरिएकाे निषेधाज्ञाले जिल्लाका प्रमुख बजारहरु सुनसान भएका छन् । यातायातका साधनहरु ठप्पै रहेका छन् भने बजार पूर्ण रुपमा बन्द रहेका छन् । चोकचोकमा बसेर प्रहरी र ट्राफिक प्रहरीले परिचयपत्र जाँचमा कडाइ गरेका छन् ।

निजि तथा सार्वजनिक सवारीसाधन चलाउन रोक लगाइएको छ भने अत्यावश्यकीय क्षेत्रका केही सवारीसाधन मात्र चल्न दिइएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख २० गते सोमवार