• २०७८ जेष्ठ ३ गते सोमवार
  • Preeti To Unicode

सोलारको ब्याट्री पड्किँदा सल्यानमा दुई घर जलेर नष्ट


बैशाख २०, सल्यान ।

सल्यानमा सोलारको व्याट्री पड्किँदा दुई घर जलेर नष्ट भएका छन् ।

जिल्लाको दार्मा गाउँपालिका वडा नम्बर ३ मगरखोलाका चन्द्र बहादुर रोकाहा र दुर्गा बहादुर रोकाहाको घर जलेर नष्ट भएको हुन ।

सोमबार बिहान ११ बजे चन्द्र बहादुर रोकाहाको घरमा रहेको सोलारको ब्याट्री पड्किए भएकाे आगलागीबाट दुवै घर जलेर नष्ट भएकाे इलाका प्रहरी कार्यालय दार्माले जनाएको छ ।

आगलागीबाट दुवै घरमा ३५ लाख बराबरको क्षति भएको बताएको छ । घरमा भएकाे खाद्यन्न, लत्ताकपडा, नगद र सुन जलेर नष्ट भएको पिडितले परिवारले बताएका छन् ।

प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियाे ।

पछिल्लाे समय सल्यानमा थुप्रै आगलागीका घटनाहरु भैरहेका छन् । आगलागीबाट जिल्लामा थुप्रै घर जलेर नस्ट भएका छन् भने बैशाख यता २ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख २० गते सोमवार