• २०७८ जेष्ठ ३ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा काेराेना परिक्षण गर्ने एन्टिजेन किट सकियाे, अक्सिजनकाे अभाव हुँदा बिरामी छट्पटीमा


बैशाख २१, सल्यान ।

सल्यान अस्पतालमा एन्टिजेन किट सकिएपछि काेराेना परिक्षण राेकिएकाे छ । एन्टिजेन विधि मार्फत अस्पतालमा गरिदै आएकाे काेराेना परिक्षण हाललाइ स्थगित गरिएकाे स्वास्थ सेवा कार्यालय सल्यानले जनाएकाे छ ।

किट प्रदेश सरकारले उपलब्ध गराउँदै आएपनि प्रदेशमै किट सकिएपछि पाउन नसकिएकाे स्वास्थ्य सेवा कार्यालय सल्यानका व्यवस्थापक दशरथ श्रेष्ठले बताए ।

एन्टिजेन नहुँदा पिसिआरबाट परिक्षण गर्दा रिपाेर्ट ढिला आउँने देखिएकाे छ । पिसिआरका लागि २ सय स्वाब संकलन गरेर मात्रै सुर्खेत पठाइने हुँदा रिपाेर्ट ढिला आउने देखिएकाे हाे ।

अक्सिजनकाे अभाव

अहिले सल्यान अस्पतालमा अक्सीजन प्रयाप्त मात्रामा नभएपछि समस्या देखिएकाे छ । सल्यान अस्पतालमा अहिले १७ वटा अक्सीजन सिलिन्डर छन् जसमध्ये अहिले १४ वटा मात्रै संचालनमा छन् बाँकी ३ वटा सिलिन्डिर बिग्रिएका छन् ।

बिरामीहरुलाइ हाइ भोल्युमको अक्सीजन दिनु पर्ने हुन्छ जसले गर्दा एकदिनमा १० वटा अक्सीजन सिलिन्डर सकिने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

‘२४ घण्टामा १० वटा सिलिन्डर सकिन्छन् ।’ डाक्टर भिमकान्त जैशीले भने, ‘बाँकी ४ वटा सिलिन्डरको भरमा ८/१० घण्टा चलाउनु पर्छ । सुर्खेत जान आउन र सिलिन्डर भर्ने समय सम्म अक्सीजन पुर्याउन निकै समस्या भइ रहेको छ । अब थप १० वटा सिलिन्डर मात्रै भएपनि केही राहत हुने थियो ।’

हिजाे मात्रै १० वटा खाली सिलिन्डर सुर्खेत पठाइएकाेमा अहिलेसम्म भर्न नसकिएकाे स्वास्थ्य कार्यालय सल्यानले जनाएकाे छ ।

अस्पतालमा नामका लागि ५ वटा कन्सन्टेटर छन् । तर आइसुलेशनमा ३ वटा मात्रै संचालनमा छन् । एउटा बिग्रिएर थन्किएको भने अर्को कन्सनटेटर बाट अन्य बिरामीलाइ पनि अक्सीजन दिनु पर्ने भएकाले आइसुलेशनमा प्रयोग हुन पाएको छैन् ।

‘भएका स्रोत साधनको अधिकतम प्रयोग गरेर हामीले सेवा दिइ रहेका छौं ।’, डाक्टर प्रदीप शर्माले भने, ‘अहिले त अन्य बिरामीलाइ पनि अक्सीजन दिनु पर्ने अवस्था भइ रहेकाले थप समस्या भएको छ ।’

केहि दिन अघि मात्रै अस्पतालमा अक्सीजन प्लान्ट मेसिन आएको छ । कर्णाली प्रदेशबाट मेशिन त आयो तर मेशिन जडान गर्ने जनशक्ती नपठाउँदा मेसिन त्यसै थन्किएको छ । अक्सीजन प्लान्ट संचालनमा आएपछि भने काम गर्न सहज हुने उनकाे भनाइ छ ।

अहिले जिल्लाका केहि पालिकाहरुले पालिका भित्रै क्षमता अनुसार आइसुलेशन बेडको व्यवस्था गरेपनि सबै पालिकाका बिरामीहरु अस्पतालमै आउने गरेका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख २१ गते मङ्गलवार