टुहुरा सल्यानी !


पवनकुमार ओली

पवनकुमार ओली

प्रिय सल्यानबाट निर्वाचित नेतागणहरु टेक बहादुर बस्नेत, प्रकाश ज्वाला, गुलाबजंग शाह हामीलाई थाहा छ तपाईंहरुले केही गरेर जादुमय हिसाबले कोरोना संकट हट्ने होइन् । तर यो संकटको बेलामा सल्यानी जनताले अभिभावत्व खोजेका छन् ।

जसले नजिकबाट यो महासंकटलाई नियालोस्, जनप्रतिनिधि हामीसँगै छन् भन्ने आभास देओस्, स्वास्थ्यकर्मी कस्तो समस्याका बाबजुत कामगर्दै छन आँखाले देखोस्, अस्पातलको भौतिक अवस्था कस्तो छ जानकारी राखोस् वा छोटोमा भनाैं यो महासंकटसँग जुध्न हामी सँग कस्तो समस्या छ सम्बन्धित निकायसँग बसेर जानकारी लेओस् र कम्तिमा समस्याको समाधानका लागि पहल गरोस् । मतदाताको हिसाबले जनाताको चाहना यही छ ।

के तपाईंले कहिले बुझ्नु वा सोच्नु  भएको छ  यो विषयमा ? म बुँदागत हिसाबले नै भन्छु तपाईहरुलाई यो विषयमा ।

१. सल्यान अस्पातलमा अक्सिजन प्रयाप्त छ । छैन भने तत्काल आपुर्ती कसरी गर्ने ?

२. अहिलेसम्म अक्सिजन प्लान्ट किन बनाउन सकेनौं होला ? कोरोना आएको त एक बर्ष नै भाईसक्यो ।

३. अस्पातलमा भ्यान्टीलेटर मेसिन त खरिद गरिएको छ तर किन चलाउन सकिएको छैन ? अनि नचलाएर थन्काउने भए किन खरिद गरिएको हो ?

४. फोहर ब्यवस्थापनका लागि उपयुक्त संरचना नहुँदा नगरपालिकाको फोहर फाल्ने गाडीमा दुषणनिवारण नगरि फाल्नु परेको छ । यसको असर के हुन्छ ?

५. करारका कर्मचारीहरुले समयमा तलब नपाउँदा पनि यो संकटमा कुन मनोबलका साथ काम गरेको होलान ?

६. सामान्य कुरा अस्पातलमा चाप बढेसँगै कार्यालय सहयोगलाई हातले बेड सिट धोएर, सुकाएर प्रत्येक बिरामीलाई बेड सिट च्यान्ज गर्न अफ्ठ्यारो हुन्छ । कुरा सामान्य देखिएपनि संक्रमण फैलने यो पनि कारण बन्न सक्छ । यदी पटकपटक बेडको तन्न परिवर्तन गरिएन भने संक्रमण झन फैलिन्छ । यती सानो कुरा समाधानका लागि वासिङ मेसिन किन किन्न नसकिएको होला  ?

७. बिज्ञहरु अहिलेको भाईरस अलि बढि संक्रामक छ भन्छन । संक्रमितको संख्या दिनहुँ दिन बढि रहेको तथ्यले बताउछ । सबै संक्रमितलाई अस्पतालमा नै बसेर उपचार गर्न अनिवार्य गरिएको छैन । यसो हुँदा घरमा नै स्वयम आईसोलेसनमा मानिसहरु बसि रहेका छन् ।

अहिलेको भरेयन्टका कारण बिभिन्न समस्या मान्छेमा देखिने खतरा छ । उचित सल्लाह र निर्देशनको अभाब अनि आफनो स्वास्थ्यको स्वयम मोनिटर गर्न नसकेको खण्डमा मान्छेलाई घरमा बस्दा जोखिम अझ बढि छ ।

किनकी स्वास्थ्यको स्वयम मोनिटर गर्ने सिप सबैसंग नहुन सक्छ । त्यसैले त्यता बिरामीलाईे निगरानी गर्न कस्तो प्रणालीको बिकास गर्ने होला ?

त्यसैले रूकुमका नेता जनार्दन शर्माले लिएको पहल कदमीजस्तै सल्यानका नेताले एक पटक ध्यान यता सल्यानमा पनि दिने कि ? यसको मतलब यो हैन कि शर्माले सबथोक गरि हाले । तर कम्तिका चासो, चिन्ता ब्यक्त गर्नु र जनताको माझमा जानु सराहनिय काम हो ।

सल्यानमा नेतृत्व बिहिनताको अवस्था आएकै हो

उसो त जिल्लामा बिभिन्न समयमा टिकाटिप्पनी भई नै रहन्छ । पहुँचवाला नेता भएन, आटिलो नेता भएन आदि इत्यादी । नेता र नेतृत्व हाम्रै समाजका उपज हुन जुन कुनै छुटै ग्रहबाट आउने चिज हैनन् ।

जस्तो हामी जनता वा भनौं भोटरको चेतलाई प्रतिनिधित्व गर्ने पात्र हाम्रो नेता भएर आईदिने हो । त्यसैले असल नेतृत्व भएन भनेर हाम्रा जनप्रतिनिधिहरु (संघ, प्रदेश र स्थानिय तह) लाई टिकाटिप्पनी गर्नु भन्दा अब हामी स्वयम मतदाताले कस्तो नेतृत्व जन्माईम भनेर सोच्ने समय हो ।

हाल सल्यान जिल्लामा सर्बमान्य नेता कोहि पनि देखिएन । जिल्लाको संस्कृति नै कस्तो खालको भयो भने कोहिले कोहिलाई नमान्ने । यो नेताको त समस्या हो नै नेता जतिकै सुपर इगोको समस्या सल्यानी जनतामा पनि छ ।

जुन समस्यालाई खुट्टा तान्ने प्रवृति, रिसा खिस गर्ने प्रबृति भनेर बुझौं । पार्टी पार्टी भित्रको स्वच्छ प्रतिस्पर्धा त ठिकै छ तर समस्या पार्टी समुहको रिसाखिस, समुह भित्र पनि ब्यक्ति ब्यक्तिको रिसाखिस छ ।

अन्तरपार्टी भित्र पनि त ठुलो कि म ठुलो पदको रिसाखिस जुन कुरा माननिय टेक बहादुर बस्नेत र प्रकाश ज्वाला बिच लामो समय देखियो । उसो त माननिय ज्वाला र गुलाबजंग बिच पनि चर्को अस्वस्थ अन्तर बिरोध जिबितै छ । एकले अर्कालाई नमान्ने ।

सार्बजानिक पद धारण गरेको ब्यक्तिको यस्ता अस्वथा प्रतिस्पर्र्धाले के असर पर्दछ भन्दा उनीहरु कहिले पनि जिल्लाको समग्र विकासका लागि एउटै टेबुलमा बसेर छलफल गर्ने वातावरण नै बनेन । अनि नेताहरु आफु अनुकल कार्याकर्ता पोष्ने बजेट बनाउने, कार्यकर्तालाई कामदिने अनि कार्यकर्ताले फलानो नेताको पहलमा यो भयो उ भयो भन्दै सामाजिक संजालमा नेतालाई खुसी पार्न पोष्टयाउने ।

यस्तै यस्तै काम भए जुन संस्थागत, प्रणालिगत, सुसंस्कृत विकासका अवधारणा अन्तगर्त पर्दैनन । यसरी हेर्दा कम्तिमा पनि कर्मचारी तन्त्रमा भए जस्तो चेन अफ कमाण्डमा विकासको सवालमा हाम्रा नेताहरु बिच नभएको जस्तो देखिन्न । नेताहरु बिचको अस्वस्थ प्रतिस्पर्धाको कारण नेताहरुकाे संकृण सोच हो कि ?

दोस्रो पुस्ताका नेताहरुलाई प्रतिस्प्रधि सम्झने र आफनो माताहत राखिराख्ने, दास्रो तहलाई ठिक पार्न तेस्रो तहका नेतालाई प्रयोग गर्ने । कार्यकर्ता जहिले पनि आफनो एस म्यान खोज्जे, अलि बिरोध गयो, क्षमता देखाउन थाल्यो भने निकालिहाल्ने र आफनो रबाफ पार्टी सक्तामा कायम राख्ने । त्यसै भएर हामीले नेता त पायाैं तर राम्रो नेतृत्व पाईनौ ।

विपदको सवालमा जहिले पनि प्रतिकृयाबादी 

माननिय ज्युहरm राजनितिमा तपाईहरु खुबै प्रयोग गर्ने शब्द हो प्रतिकृयाबादी । आफु अनुकुल भएन भने जसले जसलाई प्रतिकृयाबादी भन्दिने तर विकासको सवालमा तपाईहरm सबै जनालाई प्रतिकृयाबादी किन नभन्ने ।

हुन त बिपद व्यवस्थापनमा सवालमा राज्यका आफनै संयन्त्रहरु छन । ती संरचनाहरmले सके जतिको काम त गरेका छन त्यो प्रो याक्टिभ्ली हैन रियाक्टिभ्लि ।

जिल्ला कै सवालमा भरखरै आगलागिका थुप्रै घटनाहरु घटे जहाँ थुप्रै जनधनको क्षति भयो । जहाँ सामान्य अग्नी नियन्त्रक नहुदा अतिसंबेदन स्थान अस्पतालन आसपासमा टयाङ्गरबाट पानी बोकेर निभाउनु पर्याे ।

तपाईहरmले कति पटक चुनाब जित्नु भो ? यो बिचमा आगलागि कति पटक भए होलान ? जिल्लामा एउटा अग्नी नियन्त्रकको ब्यवस्था गर्ने सोच किन बनाउन सक्नु भएन ? हुनत तपाई भन्नुहोला स्थानिय तहको काम हो नि ?

ज जसको काम भए पनि तपाईहरु सबैको स्थानिय तह, प्रदेश, केन्द्रका प्रतिनिधि बिच विकासको सवालमा किन समन्वय हुन सकिरहेको छैन ? समन्वय गर्ने जिम्मा कस्तो होला ? सायद त्यहि गर्ने कुरा नै लिडरसिप होला हैन् ।

स्वभाबिक कुरा यो हो कि बिपद बाजा बजाएर आउदैन तर त्यसको तत्कालिन, दिर्घकालिा ब्यवस्थापनका लागि सोच बनाउनु महत्वपुर्ण कुरा हो । न कि बाढी, पहिरो, आगलागि भएर प्रताडित भएर महिनौ बितिसकेपछि मेरो पहलमा भन्दै केहि राहात बोकेर कार्यकर्ताको लस्कर त्यो पनि आफनो गुटका लगेर बितरण गरिने राहातले मात्रै खासै मतलब राख्दैन ।

यसर्थ यहाँ माथि उल्लेखित बिचारहरु कुनै आक्रोश मात्र हैनन । हामो प्रणालि, सोच, चिन्तनमा केहि समस्या छन । यसलाई सुधार गर्दै अघि बढन्नु, चिन्तनमा परिवर्तन गर्नु सबैको हितको लागि नै हुन्छ ।

तपाईहरु आफैले भन्नु भएको हैन २०७२ को संबिधिन जारी भईसकेपछि राजनैतिक अधिकारका लागि लड्नुपर्ने समय गयो अबको राजनिति भनेको विकास र संम्वृद्धिका लागि हो । यदि त्यसो हो भने विकासका साना साना पाटाहरुलाई प्राबिधिक विज्ञको सहयोग अघि बढनु होस् । बिग्रएको कहाँ पानि छ भने नेता जति सबै सर्वज्ञानी ।

नेता भनेको त भिजन दिने, काम गर्ने वातावरण दिने, टिमलाई परिचालन गर्ने  ब्यक्ति हो । त्यति गरिसकेपछि त्यो भिजन साकार पार्ने त प्राबिधिक विज्ञहरुको काम हो । यसर्थ सकारात्मक सोचका साथ समाजर रुपान्तरणमा सबैले हातेमालो गरौ ।

प्रकाशित मिति : २०७८ बैशाख २१ गते मङ्गलवार