• २०७८ असार ८ गते मङ्गलवार
  • Preeti To Unicode

काेराेनाबाट पूर्व मन्त्री सिंहको निधन


बैशाख २३, काठमाडाैं ।

भारतको राष्ट्रिय लोकदल (आरएलडी) का प्रमुख तथा पूर्व केन्द्रीय मन्त्री चौधरी अजित सिंहको बिहिबार बिहान निधन भएको छ ।

८२ वर्षका चौधरी अजित सिंहले गुडगावको एक नीजि अस्पतालमा अन्तिम सास फेरे । उनी २० अप्रिलदेखि कोरोनाद्वारा संक्रमित थिए ।

फोक्सोमा संक्रमण भएका कारण उनलाई निमोनिया भएको थियो । पछिल्लो दुई दिनदेखि उनको स्थिति गम्भीर थियो । उनका छोरा चौधरी जयंत सिंहले सोसल मिडियामा यसको जानकारी दिए ।

जाट समुदायका ठूला नेता थिए चौधरी अजित सिंहः

अजित सिंहको दबदबा पश्चिमी उत्तर प्रदेशमा निकै धेरै थियो । उनी जाट समुदायका ठूला नेता मानिन्थे । उनी थुप्रै पटक केन्द्रीय मन्त्री पनि रहेका थिए ।

तर पछिल्लो २ लोकसभा चुनाव र २ विधानसभा चुनावका बेला राष्ट्रिय लोकदलको ग्राफ तीब्र रुपमा खस्कियो ।

यसै कारण अजितले लोकसभा चुनाव हारेका थिए । अजित सिंहका छोरा जयन्त चौधरीले पनि मथुरा लोकसभा सिटबाट चुनाव हारेका थिए ।

-एजेन्सी

प्रकाशित मिति : २०७८ बैशाख २३ गते बिहिवार