• २०७८ असार ८ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानमा हाेम आइसाेलेशन बसेकी एक वृद्धाकाे मृ’त्यु, आज २० जना नयाँ संक्रमित थपिए


बैशाख २७, सल्यान ।

सल्यानमा काेराेना संक्रमणबाट आज (साेमबार) एक वृद्धाकाे हाेम आइसाेलेशनमा मृ’त्यु भएकाे छ ।

मृतक जिल्लाकाे शारदा नगरपालिका १ निवासी ८३ वर्षीया वृद्धा हुन् । उनलाइ बैशाख १५ गते गरिएकाे काेराेना परिक्षणमा संक्रमण देखिएकाे स्वास्थ्य कार्यालय सल्यानका सुचना अधिकारी थलराज डिसीले बताए ।

हिजाे मात्रै सल्यानमा हाेम आइसाेलेशन बसेका २ काेराेना संक्रमित महिलाकाे मृ’त्यु भएकाे थियाे । याे सँगै सल्यानमा बैशाख महिना यता काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या १३ पुगेकाे छ ।

स्वास्थ्य कार्यालय सल्यानका अनुसार आज (साेमबार) एन्टिजेनबाट २९ जनालाइ काेराेना परिक्षण गरिएकाेमा २० जनालाइ संक्रमण पुष्टि भएकाे छ ।

जिल्ला भर हाल सक्रिय संक्रमितकाे संख्या ४ सय ४० रहेकाे कार्यालयले जनाएकाे छ । जसमा जिल्ला अस्पताल सल्यानमा २४ र अन्य संस्थागत आइसाेलेशनमा १३ जनाकाे उपचार भैरहेकाे छ । ४ सय ३ जना भने हाेम आइसाेलेशनमा रहेका छन् ।

आज (साेमबार) जिल्लाभर ३६ जना काेराेना मुक्त भएका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख २७ गते सोमवार