चुनाव प्रचारको लागि भुस्याहा कुकुरको प्रयोग


बैशाख २८, काठमाडाैं ।

भारतमा हालै विधानसभा निर्वाचन सकिएको छ । निर्वाचनमा मतदाता रिझाउन उम्मेद्वारले गरेका विभिन्न हर्कतहरु चर्चामा रहे ।

कोही नरिवल फुटाउने, कोही कपडा धोइदिने त कोही रिक्सा चलाउने । यस्तैमा केही उम्मेद्धारले भने भुस्याहा कुकुरको प्रयोग गरेका छन् ।

भारतको उत्तर प्रदेश पञ्चायत निर्वाचनमा प्रत्याशीले आफ्नो प्रचार अभियानमा भुस्याहा कुकुरको प्रयोग गरेका हुन् । रायबरेली र बलिया जिल्लाका उम्मेद्धारले आफ्नो प्रचारमा ती कुकुरको शरीरमा पर्चा टासेका थिए ।

यसरी भुस्याहा कुकुरको शरीरमा पर्चा सामग्री टासेपछि मिश्रित टिप्पणीहरु आएको थियो ।

अभियान सामग्री टासिएका कुकुरको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेपछि पशु प्रेमिले यसको कडा विरोध गरे । पशु प्रेमीका अनुसार यो गम्भिर दण्डनीय अपराध हो ।

पशु अधिकारकर्मीको चासोका बिषयमा एक उम्मेद्वारले निर्वाचनको आदर्श आचार संहितामा कुकुरको प्रयोग गर्न नहुने बिषयमा कतै नियम नभएकाले भुस्याहा कुकुरको शरीरमा पर्चा टासेको जवाफ फर्काएका छन् ।

ती उम्मेद्वारका अनुसार भुस्याहा कुकुरलाई खाना दिने आफूहरुले उनीहरुलाई कुनै क्षती नपुर्याई यस प्रकारको प्रचार गरिनु कुनै अशोभनिय हुदैँन ।

प्रकाशित मिति : २०७८ बैशाख २८ गते मङ्गलवार