• २०७८ असार ८ गते मङ्गलवार
  • Preeti To Unicode

दाङमा आज एकैदिन १७ जना काेराेना संक्रमितको मृ’त्यु, अक्सिजनकाे हाहाकार


बैशाख २८, दाङ । 

दाङमा आज (मंगलबार) एकैदिन १७ काेराेना संक्रमितकाे मृ’त्यु भएकाे छ ।

बितेको २४ घण्टामा तुलसीपुरका ८ जना, घोराहीका ५ जना, लमहीका २ जना, गढवा र दंगिशरणका एक/एक जना कोरोना संक्रमितको मृ’त्यु भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएकाे छ ।

केन्द्रकाअनुसार कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत ८ जना, होम आईसोलेशनमा बसेका ५ जना संक्रमितको मृ’त्यु भएको हाे । त्यसैगरी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत २ जना, लमहीमा होमआइसोलेसनमा बसेका १ जना, लमही अस्पताल र घोराहीको गायत्री अस्पिटलमा उपचाररत १/१ जनाको मृ’त्यु भएको केन्द्रले जनाएको छ ।

मंगलबार कोरोना संक्रमण पुष्टि हुने र निको हुनेको संख्या बराबर रहेको छ । ९७ जनामा कोरोना देखिदा ९७ जना नै संक्रमण मुक्त भएका छन् । जिल्लाभर अहिले सम्म ४ हजार ८ सय ८७ जना संक्रमण देखिएको केन्द्रले जनाएको छ ।

आज निको भएका संगै बैशाख यता जिल्लामा ३ हजार ६ सय ६३ जना संक्रमण मुक्त भएका छन् । यो सँगै अहिलेसम्म संक्रमण मुक्त हुनेको संख्या ४ हजार ८ सय ८७ पुगेको छ ।

दाङमा प्रयाप्त अक्सिजन नहुदा कोरोना संक्रमितको ज्यान जोखिममा पर्दै गएको बताइएकाे छ । लुम्विनी प्रदेश सरकारले बनाएको कोरोना विषेश अस्पताल र राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कोरोनाका बिरामी भरीभराउ छन् तर छिनछिनमा अक्सिजनको अभाबले संक्रमितको ज्यान गैरहेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख २८ गते मङ्गलवार