• २०७८ असार ८ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानमा निषेधाज्ञा लम्बियाे, अब साँझ पसल खाेल्न नपाइने


बैशाख ३०, सल्यान ।

सल्यानमा निषेधाज्ञाकाे समय अवधि लम्ब्याइएकाे छ । यसअघि बैशाख १९ गतेदेखि जेठ १ गतेसम्म जिल्लामा निषेधाज्ञा गरिएकाेमा अब फेरि जेठ २ देखि जेठ १६ गतेसम्मलाइ १५ निषेधाज्ञा लम्ब्याइएकाे हाे ।

बुधबार जिल्ला कोभिड -१९ ब्यबस्थापन केन्द्र सल्यानको सिफारिस अनुसार सल्यानका प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञा थप गरिएकाे हाे ।

निषेधाज्ञामा पहिले जस्तै अत्यावश्यक बाहेकका सम्पुर्ण सार्बजनिक तथा निजि सवारी साधनहरु संचालन पुर्नरुपमा रोक लगाउने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएकाे छ ।

निषेधाज्ञाकाे अवधिमा बिहान ६ बजेदेखि ९ बजेसम्म अत्यावश्यक लगाएत खाद्य सामाग्री, तरकारी, फलफुल, दुग्धजन्य पदार्थ,औषधि तथा स्वास्थ्य  सामाग्रीका पसलहरु स्वास्थ्य मापदण्ड अपनाई संचालन गर्न पाइने छ । यसअघि साँझ पसल खाेल्ने व्यवस्था गरिएकाे थियाे भने त्यसलाइ अब बन्द गरिने भएकाे छ ।

अत्यावश्यक सवारी संचालनका लागि पास जिल्ला प्रसासन कार्यालय बाट लिनु पर्ने र बिवाह, बर्तबन्ध जस्ता कार्य गर्दा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर १५ जनासम्म हुनेगरी सम्पन्न गर्न सकिने प्रशासनले जनाएकाे छ ।

त्यस्तै अन्य जिल्ला वा छिमेकी मुलुक भारतबाट फर्किएकाहरु अनिवार्य हाेम क्वारेन्टाइनमा बस्नुपर्ने र त्यसकाे अनुगमन सम्बन्धित वडाले गर्नुपर्ने बैठकले निर्णय गरिएकाे छ ।

प्रकाशित मिति : २०७८ बैशाख ३० गते बिहिवार