• २०७८ असार ८ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानमा थप ३ जना कोरोना संक्रमितकाे मृ’त्यु


बैशाख ३१,सल्यान ।

कोरोना भाइरस संक्रमणबाट सल्यानमा थप तीन जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा दुई जना छत्रेश्वरी गाँउपालिकाका रहेका छन् भने एक जना बागचौर नगरपालिकाका रहेका छन् ।

छत्रेश्वरी गाउँपालिका ६ की ७६ वर्षीया महिला, छत्रेश्वरी गाउँपालिका वडा न ७ का ५० वर्षीय पुरुष र बागचौर नगरपालिका वडा न ४ की ६३ वर्षीया महिला रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले बताए ।

उनका अनुसार ७६ र ६३ वर्षीया महिलाको गएराती होम आइसोलेसनमा मृ’त्यु भएको हो भने ५० वर्षीय पुरुषको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृ’त्यु भएको हो ।

तीन जनाको मृ’त्यु भएसँगै सल्यानमा कोभिड १९ बाट मृ’त्यु हुनेको संख्या २१ पुगेको छ । त्यस्तै सल्यानकै करिब एक दर्जनबढीकाे जिल्ला बाहिर काेभिडका कारण मृ’त्यु भएकाे छ ।

जिल्लामा हाल ५ सय २७ सक्रिय संक्रमित रहेका छन् । जसमा सल्यान जिल्ला अस्पतालमा २५, संस्थागत आइसोलेसनमा ९ र होमआइसोलेशनमा ४ सय ९३ जना रहेका छन् ।

आज (शुक्रबार) १७ जना कोरोना संक्रमित थपिदा २१ जना भने डिस्चार्ज भएको सूचना अधिकारी डिसीले बताए ।

तस्बिरः हेमराज घर्तिमगर । बागचाैर नगरपालिका वडा नम्बर ४ मा काेराेना संक्रमणबाट मृ’त्यु भएकी महिलाकाे शव नेपाली सेनाले अन्त्येष्टी गर्दै ।

प्रकाशित मिति : २०७८ बैशाख ३१ गते शुक्रवार