• २०७८ असार ८ गते मङ्गलवार
  • Preeti To Unicode

५१ लाखकाे लागतमा सल्यान अस्पतालमा अक्सिजन कन्सिट्रक्टर संचालनमा आयाे


जेठ १, सल्यान ।

जिल्ला अस्पताल सल्यानमा अक्सिजन कन्सिट्रक्टर जडान गरिएको छ । कर्णाली प्रदेश सरकारको आर्थिक सहयोग र स्वास्थ्य सेवा कार्यालय सल्यानको ब्यवस्थापनमा शनिबार अक्सिजन कन्सिट्रक्टर जडान गरिएको हो ।

याे अक्सिजन कन्सिट्रक्टरले प्रतिमिनेट ४० देखि ५० लिटरसम्म अक्सिजन उत्पादन गर्ने जिल्ला अस्पताल सल्यानका डा. प्रदिप शर्माले बताए ।

उनले भने, ‘याे अक्सिजन प्लान्ट भन्दा फरक खालकाे मेसिन रहेछ । यसमा पाइपलाइनबाट सिधै बिरामीकाे वेडसम्म अक्सिजन पुग्ने हाे । ५ लिटरसम्म बिरामीलाइ अक्सिजन दिनुपर्ने अवस्थामा ८/१० जनासम्मलाइ यसले काम गर्छ ।’

अहिले अस्पतालमा अन्य अक्सिजन सिलिन्डर भएकाेले उपचारमा त्यति धेरै गाह्राे नभएकाे उनले बताए । अक्सिजन कन्सिट्रक्टर जडान भएसँगै बिरामीहरुको उपचारमा अब केही सहज हुने उनकाे भनाइ छ ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका सुचना अधिकारी थलराज डिसीका अनुसार कुल ५१ लाख रुपैँयाको लागतमा अक्सिजन कन्सिट्रक्टर जडान कार्य सम्पन्न भएको हाे ।

बायोमेडिकल इन्जिनियर टोलीले अक्सिजन कन्सिट्रक्टरको जडान कार्य सम्पन्न गरेपछि शारदा नगरपालिकाका नगरप्रमुख सुरेश अधिकारी, प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाँई, स्वास्थ्य सेवा कार्यालयका प्रमुख दशरथ श्रेष्ठ लगाएतको सहभागितामा अक्सिजन कन्सिट्रक्टरको उद्घाटन गरिएको हो ।

प्रकाशित मिति : २०७८ जेष्ठ १ गते शनिवार