• २०७९ चैत्र ११ गते शनिवार
  • Preeti To Unicode

सल्यानमा ‘सल्यान मुक्तक किङ’ २०७८ हुँदै


जेठ १, सल्यन ।

सल्यान कला साहित्य परिषद्ले ‘सल्यान मुक्तक किङ २०७८’ गर्ने भएको छ । सल्यानी सर्जकहरुको लेखनी विकास अभिवृद्धि, हौसला, मुक्तक प्रतिको मोह र नेपाली मुक्तकको उन्नयनका लागि ‘सल्यान मुक्तक किङ’२०७८ गरिने परिषद्ले जनाएकाे छ ।

‘सल्यान मुक्तक किङ’मा जुनसुकै ठाउँमा रहेर मुक्तकमा कलम चलाउने सल्यानी सर्जकहरु सहभागी हुन पाउने परिषद्का अध्यक्ष भरत राेकायले बताए ।  ‘सल्यान मुक्तक किङ’मा अन्य जिल्लाका सर्जकहरु भने समावेश हुन नपाउने उनले बताए ।

विश्व महामारी कोरोनाको कारण जेठमा हुन लागेका दुईवटा स्टेज कार्यक्रम पछि धकलिएसगै परिषदले यो कार्यक्रम तय गरेको परिषदका रोकाय बताउँछन् ।

दसौं स्थानसम्म नगद पुरस्कार राशी भएको यो प्रतियोगीता पाँचौ चरणमा सकिने छ। पाँचै चरणका बिषयबस्तु फरकफरक रहनेछन् भने पहिलो चरणको बिसयबस्तु कोरोना बिषय रहेको छ ।

उत्कृष्ट बीस देखि उत्कृष्ट दशसम्म अनलाइनबाट मुक्तक सर्जक छनोट गरिनेछ भने उत्कृष्ट दस देखि प्रथमसगै विभिन्न स्थानका लागि परिषद्ले स्टेज कार्यक्रम गर्नेछ स्टेज कार्यक्रममा उपस्थित भइ उत्कृष्ट दशमा परेका प्रतियोगीहरुले दुई दुईवटा मुक्तक वाचन गर्नुपर्नेछ ।

परिषदका संस्थापक लोकेश जलनका अनुसार विभिन्न साहित्य संस्थाहरुले ठुलो पुरस्कार राशिमा मुक्तक प्रतियोगिता गर्दै आएपनि चरण चरणमा र दसौं स्थानसम्म नगद पुरस्कार भएको यो पहिलो पृथक कार्यक्रम रहेको छ ।

मुक्तकमा कलम चलाउने श्रष्टाहरुको लागि यो अवसर रहेको छ । सहभागी हुनका लागि थप जानकारी सल्यान कला साहित्य परिषदको अपसियल आइ डि साथै पदाधिकारीहरुको वालमा सुचना हेर्न सकिन्छ ।

साथै ९८४३४३७९७६, ९८६९६४९५७५, ९८६९०१४६७६ मा समेत फाेन गरेर जानकारी लिन सकिने परिषद्ले जनाएकाे छ ।

‘हाम्रो अभियान सल्यान कला साहित्यको उत्थान’ मुल आदर्श वाक्य बोकेको सल्यान कला साहित्य परिषद्ले जिल्लाको कला ,साहित्य,सर्जकको निम्ति विभिन्न समयमा विभिन्न साहित्य गतिविधि गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ १ गते शनिवार