• २०७८ असार ८ गते मङ्गलवार
  • Preeti To Unicode

दाङमा कारभित्र मृ’त फेला परेका ३ बालको श’व १३ दिनपछि अभिभावकले बुझे, भयाे यस्ताे सहमति


जेठ १, दाङ ।

दाङकाे तुलसीपुरमा पार्किङ गरि राखेको भारतीय नम्बर प्लेटको एउटा कार भित्र मृ’त अवस्थामा फेला परेका तीन बालकको श’व १३ दिन पछि शुक्रबार अभिभावकले बुझेका छन् ।

मृ’तक तीन बालकका अभिभाबकलाई स्थानीय पालिकाले एक लाख २५ हजार क्षतिपुर्ति दिने सहमति भएपछि उनिहरुले श’व बुझेका हुन् । त्यसमध्य तत्काल किरिया खर्च बाफत जनही २५ हजारका दरले उपलब्ध गराउने र बाँकी एक लाख रुपैंया कार्यपालिकाबाट पास गरि उपलब्ध गराउने सहमति भएको छ ।

त्यस्तै  प्रत्येक पी’डित परिवारका एक जना सदस्यलाई स्थानीय पालिकाले क्रमश रोजगारीको ब्यबस्था गर्ने, पीडित परिवारका अन्य बालबालिका मध्य एक/एक जनालाई प्लस टुसम्म पढाउने जिम्मा स्थानीय सरकारले लिने सहमति समेत भएको छ ।

घटनाको अनुसन्धान र छानविन निष्पक्ष रुपमा गरेर दोषीलाई कारबाही गर्ने, प’क्राउ परेका गाडी धनि र चालकलाई अदलातमा नपुगाइ छोड्न नपाइने सहमति पनि भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिकामा शुक्रबार बेलुका पीडित पक्ष, स्थानीय प्रहरी प्रशासन, स्थानीय सरकार प्रमुख लगाएतका बीचमा राष्ट्रिय दलित आयोग मार्फत गृहमन्त्रालयल संग क्षतिपुर्ति बाफत प्रत्येक बालकलाई जनही ५ लाख माग गर्ने सहमति पनि भएको छ ।

प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेल, तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे, जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्द, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंह, राष्ट्रिय दलित अयोगका अध्यक्ष देवराज विश्वकर्मा लगाएतका बीचमा उक्त सहमति भएको थियो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्याउली बजारमा पार्किङ गरि राखेको भारतीय नम्बर प्लेट आरजे ०१ सिसी ०८८५ नम्बरको कारभित्र बैशाख १८ गते बेलुका तीन बालक मृ’त अवस्थामा फेला परेका थिए ।

पोष्टमार्टमा रिपोर्टले बालकको शरिरमा कुनै चोट पटक नलागेको भन्ने कुरा उल्लेख रहेको प्रहरीले बताएको छ । घटना भएकाे दोस्रो दिन बैशाख १९ गते नै कारधनी तुलसीपुर ६ स्याउली बजार बस्ने ३३ वर्षीय यादवप्रसाद गैरे र सोही वडा बस्ने ५७ वर्षीय चालक पदमबहादुर बस्नेतलाई प’क्राउ गरि ज्यान मु’द्दा चलाएर अनुसन्धान जारी रहेको डिएसपी सिंहले जानकारी दिएका छन् ।

तर, चालक बस्नेत र गाडी धनि गैरेले माघ १ गते आफूहरूले उक्त कार लक गरि पार्किङमा राखेकाले आफूहरू घटनाबारे अनभिज्ञ रहेको प्रहरीसमक्ष वयान दिएको डिएसपी सिंहले बताए ।

प्रकाशित मिति : २०७८ जेष्ठ १ गते शनिवार