• २०७८ असार ८ गते मङ्गलवार
  • Preeti To Unicode

असिना पानीले तुलसीपुरमा तरकारी खेतिमा ठूलो क्षति


नविन केसी

नविन केसी/ जेठ १, सल्यान ।

दाङमा बुधबार परेको भारी असिना पानीले तरकारी खेतिमा ठूलो क्षति पुर्याएकाे छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर  ११ हर्सनापुर क्षेत्रमा बुधबार दिउँसो परेको ठूलो असिना पानीले तरकारी खेतिमा ठूलो क्षति पुर्याएको स्थानीय किसानले बताएका छन् ।

एकीकृत उर्जाशिल कृषि बहुउद्द्शिय कृषि फर्म संचालन गरेर साढे २ बिगाहा जति क्षेत्रफलमा टमाटर लगाएका रमेश मल्ल र शिशिर ठकुरीले भारी असिना पानीले आफ्नो खेतबारीको सबै तरकारी नष्ट गरेको जानकारी दिए । करिब १० लाख बराबरकाे टमाटर नाेक्सान भएकाे उनिहरुकाे भनाइ छ ।

त्यस्तै तुलसीपुर १३ बखरिया क्षेत्रमा पनि बुधबार दिउँसो परेको ठूलो असिना पानीले ठूलो क्षति पुर्याएको छ । झन्डै एक बिगाहा जति क्षेत्रफलमा टमाटर, काँक्रा, करेला लगाएका स्थानीय शिशिर रावतले भारी असिना पानीले आफ्नो खेतबारीको सबै तरकारी नष्ट गरेको जानकारी दिए ।

बिक्रि गर्न तयारी अवस्थाको तरकारी सबै असिना पानीले सखाप पारेपछि ठूलो क्षति भएको उनले बताए।

बखरिया गाउँमा मात्रै झन्डै २५ बिगाहा जति क्षेत्रफलमा व्यबसायिक रुपमा तरकारी खेति हुँदै आएको रावतलले जानकारी दिए । लकडाउनका कारण तरकारी बिक्रि नुहँदा पीडामा रहेका किसानको पीडामा शनिबारको असिना पानीले झनै पीडा थपिदिएको रावतले बताए ।

प्रकाशित मिति : २०७८ जेष्ठ १ गते शनिवार