• २०७८ असार ८ गते मङ्गलवार
  • Preeti To Unicode

अक्सिजन प्लान्ट भनेर स्वास्थ्य कार्यालय सल्यानले कन्सन्ट्रेटर ल्यायाे, लाखाैंकाे घाेटाला भएकाे भन्दै उजुरी


जेठ २, सल्यान ।

स्वास्थ्य सेवा कार्यालय सल्यानले अक्सिजन प्लान्ट भनेर अक्सिजन कन्सन्ट्रेटर खरिद गरेकाे खुल्न आएकाे छ ।

अलिबाबाकाे अनलाइन सपटमा २ लाख ४६ हजार देखि २ लाख ८१ हजारसम्म पर्ने अक्सिजन कन्सन्ट्रेटरलाइ स्वास्थ्य कार्यालय सल्यानले ५१ लाखमा खरिद गरेकाे खुल्न आएकाे हाे ।

Longfian Scitec ho LTD कम्पनिकाे माेडेल नम्बर JAY-40 काे अक्सिजन कन्सन्ट्रेटरलाइ स्वास्थ्य कार्यालयले ५१ लाखमा खरिद गरेकाे हाे । यहि कम्पनिकाे यहि माेडल नम्बरलाइ अलिबाबा अनलाइन सपटमा २ लाख ४६ हजार देखि २ लाख ८१ हजारसम्म पर्ने उल्लेख गरिएकाे छ ।

स्वास्थ्य कार्यालयले खरिद गरेकाे मेसिनकाे बाहिर स्टिकरमा अक्सिजन कन्सन्ट्रेटर लेखिएपनि स्वास्थ्य कार्यालयले अक्सिजन प्लान्ट भनेर प्रचार गरेकाे छ । केहि समय अक्सिनज प्लान्ट भनेर सल्यान अस्पतालमा थन्क्याएर राखेकाे याे मेसिन हिजाे प्राविधिकहरुले जडान गरेपछि अक्सिजन कन्सन्ट्रेटर भएकाे खुल्न आएकाे हाे ।

मेसनमा ठुलाे अनियमितता भएकाे भन्दै केहिबेर अगाडी जिल्ला प्रशासन कार्यालय सल्यानमा उजुरी समेत परेकाे श्राेतले लेकाली अनलाइनलाइ जनाएकाे छ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मिदेवी हुमागाइले केहिबेरमा स्वास्थ्य कार्यालयका कर्मचारीलाइ प्रशासनमा समेत बाेलाउने तयारी गरेकी छन् । यस विषयमा हामी विस्तृत जानकारी दिनेछाैं ।

प्रकाशित मिति : २०७८ जेष्ठ २ गते आइतवार