• २०७८ असार ८ गते मङ्गलवार
  • Preeti To Unicode

स्वास्थ्य कार्यालय सल्यानमा अनियमितता भएपछि छलफलका लागि आधा दर्जन कर्मचारी प्रशासनमा


जेठ २, सल्यान । स्वास्थ्य सेवा कार्यालय सल्यानमा भनिएकाे अनियमितताबारे छानबिनका लागि प्रमुख जिल्ला अधिकारी लक्ष्मिदेवी हुमागाइले जिल्ला प्रशासन कार्यालय सल्यानमा स्वास्थ्य कार्यालयका आधा दर्जन कर्मचारीलाइ छलफल गर्न बाेलाएकी छन् ।

जिल्ला प्रशासनमा छलफलका स्वास्थ्य कार्यालय सल्यानबाट ५/६ जना कर्मचारीहरु गएका छन् । अहिले स्वास्थ्य कार्यालयमा कुनै पनि कर्मचारी छैन् । जिल्ला प्रशासन कार्यालयमा अनियमिता भएकाे भन्दै उजुरी परेपछि तत्काल छानबिनकाे तयारी गरेकाे प्रजिअ हुमागाइले बताइन् ।

उनले भनिन्, ‘अहिले हामी छलफलमा छाैं, सबै कुरा पछि भन्छु ।’

स्वास्थ्य सेवा कार्यालय सल्यानले अक्सिजन प्लान्ट भनेर अक्सिजन कन्सन्ट्रेटर खरिद गरेकाे थियाे । केहि समय उक्त अक्सिजन कन्सन्ट्रेटरलाइ छाेपेर राखिएकाेमा हिजाे जडान गरेर उद्घाटन गरिएकाे थियाे ।

अलिबाबाकाे अनलाइन सपटमा २ लाख ४६ हजार देखि २ लाख ८१ हजारसम्म पर्ने अक्सिजन कन्सन्ट्रेटरलाइ स्वास्थ्य कार्यालय सल्यानले ५१ लाखमा खरिद गरेकाे खुल्न आएकाे हाे ।

Longfian Scitec ho LTD कम्पनिकाे माेडेल नम्बर JAY-40 काे अक्सिजन कन्सन्ट्रेटरलाइ स्वास्थ्य कार्यालयले ५१ लाखमा खरिद गरेकाे हाे । यहि कम्पनिकाे यहि माेडल नम्बरलाइ अलिबाबा अनलाइन सपटमा २ लाख ४६ हजार देखि २ लाख ८१ हजारसम्म पर्ने उल्लेख गरिएकाे छ ।

स्वास्थ्य कार्यालयले खरिद गरेकाे मेसिनकाे बाहिर स्टिकरमा अक्सिजन कन्सन्ट्रेटर लेखिएपनि स्वास्थ्य कार्यालयले अक्सिजन प्लान्ट भनेर प्रचार गरेकाे छ । केहि समय अक्सिनज प्लान्ट भनेर सल्यान अस्पतालमा थन्क्याएर राखेकाे याे मेसिन हिजाे प्राविधिकहरुले जडान गरेपछि अक्सिजन कन्सन्ट्रेटर भएकाे खुल्न आएकाे हाे ।

प्रकाशित मिति : २०७८ जेष्ठ २ गते आइतवार