• २०७८ असार ८ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यान अस्पतालमा ल्याइएकाे अक्सिजन कन्सन्ट्रेटरमा ३६ लाख अनियमितता, छानविन समिति गठन


जेठ २, सल्यान ।

जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन कन्सन्ट्रेटर खरिदमा ठुलाे रकम अनियमितता भएकाे खुलेकाे छ । अक्सिजन प्लान्ट खरिद गर्ने भन्दै कर्णाली प्रदेशकाे सामाजिक विकास मन्त्रालय अन्तर्गतकाे स्वास्थ्य सेवा निर्देशनालयले आर्थिक वर्ष २०७७/०७८ मा ४० लाख बजेट विनियाेजन गरेकाे थियाे ।

जुन बजेटलाइ स्वास्थ्य सेवा कार्यालय सल्यानले १३ पुस ०७७ मा आर्थिक अभियान पत्रिकामा अक्सिजन प्लान्ट खरिदका लागि ७ दिने सुचना प्रकाशन गरेकाे थियाे ।

सुचना पछ्यात ३ वटा कम्पनि (नेप टेक मेडिकल काठमाडाैं, कर्णाली मेडिकियर नेपालगन्ज र ड्राइगण मेडिटेक प्रालि सुर्खेत)ले काेटेशन हालेका थिए । मुल्याकंन समितिले ति ३ कम्पनि मध्ये ड्राइगण मेडिटेक प्रालि सुर्खेतलाइ छनाेट गरेकाे थियाे ।

त्यसपछि ड्राइगण मेडिटेक प्रालि सुर्खेतसँग ४० लाखकाे बजेटमा ३८ लाख ९९ हजारमा सम्झाैता भएकाे स्वास्थ्य कार्यालय सल्यानका लेखा प्रमुख लभ विक्रम शाहले बताए ।

३६ लाख घाेटाला

दुइ हप्ता अघि मात्रै जिल्ला अस्पतालमा आइपुगेकाे अक्सिजन कन्सन्ट्रेटर बिहीबार, शुक्रबार र शनिबार गरि ३ दिनमा जडान सम्पन्न गरिएकाे थियाे । अक्सिजन कन्सन्ट्रेटर जडान गरिसकेपछि पनि अक्सिजन प्लान्ट भनेर स्वास्थ्य सेवा कार्यालयले फेसबुकमा प्रचार गरेकाे थियाे ।

जसलाइ धेरैले सल्यानमा अक्सिनज प्लान्ट संचालनमा आएकाे भन्दै प्रसंसा गरेका थिए । तर अस्पतालका डाक्टरहरुले याे अक्सिनज प्लान्ट नभएर अक्सिनज कन्सन्ट्रेटर भएकाे सामाजिक संजालमा लेखे ।

त्यसपछि अस्पतालका डाक्टर र स्वास्थ्य सेवा कार्यालयका कर्मचारी बिच फेसकुममा विवाद सिर्जन हुन थाल्याे । मेसिनमा लेखिएकाे स्टिकर तस्बिरलाइ हेरेर अन्य सामाजिक संजाल प्रयाेग कर्ताले पनि याे अक्सिनज कन्सन्ट्रेटर भएकाे प्रतिक्रिया दिन थाले ।

आज बिहान मात्रै खलंगा निवासी एक व्यक्तिले अक्सिनज प्लान्ट भनेर कन्सन्ट्रेटर ल्याइ लाखाैं रकम घाेटाला भएकाे भन्दै जिल्ला प्रशासन कार्यालय सल्यानमा उजुरी दिए । प्रमुख जिल्ला अधिकारी लक्ष्मिदेवी हुमागाइले छलफलका लागि प्रशासनमा बाेलाइन् ।

स्वास्थ्य कार्यालयका आधा दर्जन कर्मचारी जिल्ला प्रशासनमा पुगेर छलफल गरे । अन्तिममा याे अक्सिनज प्लान्ट नभएर कन्सन्ट्रेन्टर भएकाे र बजार मुल्य भन्दा ३६ लाख बढी पर्ने आएकाे खुल्याे ।

अनलाइन सामान सप्लाइ गर्ने चाइनिज कम्पनी अलिबाबाले उक्त अक्सिजन कन्सन्ट्रेटर २१ सय डलर देखि २४ सय डलरसम्म पर्ने उल्लेख गरिएकाे छ । जुन नेपाली रुपैयाँ २ लाख ४६ हजार देखि २ लाख ८१ हजारसम्म पर्छ । याे LONGFIAN SCITECH CO. LTD कम्पनिकाे माेडेल नम्बर JAY-40 काे अक्सिजन कन्सन्ट्रेटर हाे । जसलाइ मेसिनकाे बाहिर स्टिकरमा पनि प्रष्ट लेखिएकाे छ ।

दाेषि पत्ता लगाउन छानविन समिति गठन 

अक्सिनज प्लान्ट खरिद गर्नेमा बजार मुल्य भन्दा ३६ लाख बढिमा अक्सिनज कन्सन्ट्रेटर खरिद गरेपछि छानविन समिति गठन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा भएकाे छलफलपछि सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काको संयोजकत्वमा कोष तथा लेखा नियन्त्रण कार्यालयका कर्मचारी, शारदा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख र एकजना बायोमेडिकल इन्जिनियर सदस्य रहेको छानविन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले बताइन ।

छानविनमा यदि दोषी ठहरिए जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याइने र भुक्तानी पनि रोक्का गरिएको उनको भनाई छ । यदि खरिद प्रक्रियामा कर्मचारी दाेषि देखिए कारबाही गर्ने तथा कम्पनी दाेषि देखिए कम्पनिलाई कालो सूचीमा राखिने उनको भनाई छ । छानविनकाे प्रक्रिया केहि दिनमै गर्ने उनले बताइन् ।

हामीलाइ याे बारेमा ज्ञान थिएन्ः स्वास्थ्य कार्यालय

यता स्वास्थ्य कार्यालयका कर्मचारीहरुले याे मेसिनबारे आफुहरुलाइ कुनै ज्ञान नभएकाे बताएका छन् । सामाग्री खरिद समितिका संयाेजक तारा रिजालले आफुहरुले अक्सिजन प्लान्ट नै भएकाे भनिएपनि कम्पनिले अक्सिजन कन्सन्ट्रेटर पठाइदिएकाे बताए ।

उनले कम्पनि दाेषि भएकाे भन्दै आफु पन्छिन् खाेजेकाे देखिन्छ । उनले भने, ‘हामीले उद्घाटन गर्दासम्म अक्सिजन प्लान्ट नै भएकाे भन्ने ठानेका थियाैं, हामी सँग वायाेइन्जिनियर पनि हुनुहुँदैन थियाे, त्यसैले हामीलाइ थाहा भएन् अहिले हेर्दा अक्सिनज कन्सन्ट्रेटर भएकाे थाहा पायाैं । याे सबै कम्पनिले गर्दा भएकाे हाे ।’

तर विज्ञहरु भने अक्सिजन प्लान्टले सिलिन्डर भर्ने काम गर्ने र अक्सिजन कन्सन्ट्रेटरले सिधै बिरामीकाे बेडमा पाइपबाट जाने भएकाेले सामान्य स्वास्थ्यकर्मीले पनि थाहा पाउन सक्ने बताउँछन् ।

अब यस सम्बन्धि छानविन समिति गठन भएकाेले यसमा सामेल हुनेहरुलाइ कस्ताे कारबाही गर्छ त्याे भने हामी केहि समयपछि जानकारी गराउने छाैं ।

याे पनिः अक्सिजन प्लान्ट भनेर स्वास्थ्य कार्यालय सल्यानले कन्सन्ट्रेटर ल्यायाे, लाखाैंकाे घाेटाला भएकाे भन्दै उजुरी

याे पनिः स्वास्थ्य कार्यालय सल्यानमा अनियमितता भएपछि छलफलका लागि आधा दर्जन कमर्चारी प्रशासनम

प्रकाशित मिति : २०७८ जेष्ठ २ गते आइतवार