• २०७८ असार ८ गते मङ्गलवार
  • Preeti To Unicode

राप्रपा नेता राजेन्द्रवीर रायद्वारा जिल्ला अस्पताल सल्यानलाई स्वास्थ्य सामाग्री सहयाेग


जेठ २, सल्यान ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता, पूर्ब केन्द्रीय सह- महामन्त्री तथा केन्द्रीय कार्य सम्पादन समिति सदस्य राजेन्द्रबीर रायले जिल्ला अस्पताल सल्यानलाई स्वास्थ्य सामाग्री सहयाेग गरेका छन् ।

सल्यान जिल्लामा फैलदो कोरोना भाइरस (कोभिड -१९ ) को महामारीलाई दृष्टिगत गरि उनले जिल्ला अस्पताल सल्यानमा कार्यरत डाक्टर, स्वस्थ्यकर्मी तथा संक्रमितलाई आवस्यक पर्ने स्वास्थ्य सामग्री सहयाेग गरेका हुन् ।

सल्यान खलंगा बयलडाँडामा जन्मिइ नेपालगन्जलाई कर्मथलो बनाउँदै आएका नेता रायले जिल्ला अस्पताल सल्यानका डाक्टरहरूको परामर्शमा अस्पताललाई १० हजार थान सर्जिकल माक्स, १ हजार जोडी सर्जिकल ग्लोब्स, २० थान अक्सिमिटर, १० थान इन्फ्रारेड थर्मल गन, २० थान डिजिटल थर्मामिटर, २० लिटर सेनिटाइजर र ५० थान फेस सिल्ड सहयाेग गरेका हुन् ।

उनले पठाएकाे उक्त स्वास्थ्य सामाग्री पार्टीका राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला विपत व्यवस्थापन समितिका संयोजक’ पार्टीको केन्द्रीय सदस्य वडा नम्बर ३ का जनप्रतिनिधि महिला वडा सदस्य इन्द्रा भण्डारी ,प्रबक्ता तथा युबा मोर्चाका केन्द्रीय सदस्य बिमर्श प्रधान , सह प्रबक्ता तथा युबा मोर्चाको अध्यक्ष अन्जीत श्रेष्ठ लगाएतले आइतबार जिल्ला अस्पताल सल्यानलाई हस्तान्तरण गरेका हुन् ।

त्यस्तै नेता रायले जिल्लामा अक्सिजनको अभावलाई मध्येनजर गर्दै २० सिलिन्डर अक्सिजन पठाउन चाहेपनी बजारमा उपलब्ध हुन नसकेकोले पठाउन नसकेको बताए । उनले भने,  ‘बीस सिलिन्डर अक्सिजन पठाउन खोजेको थिए तर कतै किन्न पाइएन । आगामी दिनमा उपलब्ध भएमा पठाउने छु ।’

सामाग्री हस्तान्तरण कार्यक्रममा वडा नम्बर ३ का महिला वडा सदस्य शिवा केसी, टुकोनका केन्द्रीय सदस्य मधुदास श्रेष्ठ, टुकोनका जिल्ला अध्यक्ष टोपेन्द्र वली, पार्टिका नगर अध्यक्ष एवं वडा नम्बर २ का सदस्य संजय सिहँ, पार्टिका जिल्ला सदस्य बिकेन्द्र भडेल, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ जिल्ला अध्यक्ष सुबोजित श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७८ जेष्ठ २ गते आइतवार