• २०७८ असार ८ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानका युवा अभियान्ताहरूले जिल्ला अस्पताललाइ एकै पटक २० थान अक्सिजन सिलिन्डर दिए


जेठ २, सल्यान ।

अक्सिजन सिलिन्डरको हाहाकार भएकोबेला सल्यानमा ४ युबाले २० थान ठुलो अक्सिजन सिलिन्डर जिल्ला अस्पताल सल्यान लाई हस्तान्तरण गरेका छन ।

सामाजिक फेसबुक बाट “अक्सिजन सिलिण्डरका लागि मेरो १ हजार” अभियान संचालन गरि करिब एक हप्तामा पाँच लाख भन्दा बढी रकम संकलन गरि २० थान सिलिन्डर खरिद गरेका हुन ।

सामाजिक फेसबुक बाट करिब एक हप्तामा अभियान संचालन गरेका हपिस भण्डारी, आषिस केसी, गोविन्द आभाष शर्मा र टेकराज शाहीको अभियान्ता टिमले संकलन भएको पाँच लाख भन्दा बढी रकमले २० थान अक्सिजन सिलिन्डर खरिद गरेर आईबार उद्योग बानिज्य संघका अध्यक्ष कुमार बुढाथोकीको उपस्थितिमा जिल्ला अस्पताल सल्यानलाई हस्तान्तरण गरेका हुन ।

सल्यानमा गतहप्ता अक्सिजनको कमि भएर अस्पतालहरुले बिरामीहरुको उपचार गर्न निक्कैनै समस्या भोग्नु परेको थियो । जिल्लाभरि अक्सिजन सिलिन्डरको हाहाकार भएको अबस्थामा सामाजिक संजाल फेसबुकबाट अभियान संचालन गरि देश तथा बिदेशबाट कयौं नेपालीले पठाएको सहयोग रकम बाट उनिहरुले सिलिन्डर खरिद गरि हस्तान्तरण गरेका हुन ।

करिब ८ दिनमा पाँच लाख २१ हजार रकम संकलन भएको र ४ लाख ४० हजारको सिलिन्डर खरिद गरिएको अभियान्ता तथा पत्रकार आशिष केसीले बताए । उनले भने, ‘हामीले अहिले सबै नेपालीबाट एकएक पसिना जम्मा गरेर अस्पतालको सम्पत्तिको रुपमा पनि सिलिन्डर जोडिदिएका छौ। अक्सिजनको कमिले अब कुनैपनी नागरिकले अकालमा ज्यान गुमाउने छैन्न भन्ने आशा गरेका छौ ।’

अभियान्ताले दाताहरुलेगरेको सहयोगको स्टेटमेन्ट,खर्च विवरण लगायत अन्य जानकारी परिस्थिति सहज भएपछि पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ २ गते आइतवार