• २०७८ असार ८ गते मङ्गलवार
  • Preeti To Unicode

तुलसीपुर उबासंघ द्वारा अक्सिजन प्लान्ट र मेट्रो अस्पताललाई ४ लाख सहयोग


दाङ ,३-जेठ/ तुलसीपुर उद्योग वाणिज्य सघंले तुलसीपुर उपमहानगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्ट र कोरोना मेट्रो हस्पिटलको व्यवस्थापनका लागि झण्डै ४ लाख सहयोग गरेको छ ।
वाणिज्य सघंको अगुवाईमा आईतबार ४ लाख नगद रुपैया उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो ।

वाणिज्य सघंका महासचिव बिनिल केसीले तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई नगद हस्तान्तरण गरेका हुन् । कोभिड विपद कोषको सहजकर्ता बिमल रिजालको पहलमा सो रकम सकंलन गरिएको हो । तुलसीपुर उद्योग वाणिज्य सघंले १ लाख ५१ हजार, रोटरी क्लब अफ तुलसीपुर सिटीले ६ लाख २ हजार तीन सय, रोट्रयाक्ट क्लब अफ तुलसीपुरले ६ लाख ५ हजार ३ सय ६०, लायन्स क्लब अफ दाङले ५१ हजार, तुलसीपुर ट्रेक्टर समितिले तर्फबाट २५ हजार सहयोग गरेको तुलसीपुर उद्योग वाणिज्य सघंका कोषाध्यक्ष देव बहादुर केसीले जानकारी दिए ।

सो अबसरमा उपाध्यक्ष ललित जगं शाह, रोट्रयाक्ट क्लब अफ तुलसीपुरका पुर्व अध्यक्ष सचिन पौडेल, लायन्स क्लब अफ दाङका सहसचिव भोजराज न्यौपाने लगायतको उपस्थिति रहेको थियो । यस्तै उपाध्यक्ष ललित जगं शाहले थप ११ हजार रुपैया बिपद कोषमा सहयोग गरेका छन् ।त्यस्तै आईतबार ४ लाख सहयोग गरेका छौ थप सहयोग उठ्ने क्रम जारी रहेको तुलसीपुर उद्योग बाणिज्य सघंका अध्यक्ष रामप्रसाद चालिसेले बताए । साथै अध्यक्ष चालिसेले आम उद्योगी व्यवसायीहरुमा बिपदको घडिमा सबैले सहयोग गर्नु पर्ने भन्दै सबैलाई सहयोग गर्न अपिल गर्नु भएको छ ।

यसैबिच बिपद कोषमा डाँगी परिवारले बिपद कोषमा ५० हजार सहयोग गरेका छन् । तुलसीपुर ९ निवासी बिर बहादुर डाँगी, गोकर्ण डाँगी, टोपबहादुर डाँगी र भरत डाँगीकी आमा श्रीमती मित्र कुमारी डाँगीको नामबाट अक्सिजन प्लान्ट र तुलसीपुरको कोरोना मेट्रो हस्पिटलको व्यवस्थापनका डाँगी परिवारले ५० हजार नगद सहयोग गरेको हो । तुलसीपुर उपमहानगरपालिकाका बिपद ब्यबस्थापन महाशाखाका प्रमुख टोपबहादुर डाँगीले आइतबार आफ्नो आमाको नामबाटको ५० हजार रुपैया मेयर घनश्याम पाण्डे लाई हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ ३ गते सोमवार