• २०७८ असार ८ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानको छत्रेश्वरी गाउँपालिकाले ल्यायो थप ३० थान अक्सिजन सिलिन्डर


जेठ ३, सल्यान ।

सल्यानको छत्रेश्वरी गाउँपालिकाले थप ३० थान अक्सिजन सिलिन्डर ल्याएको छ । कोभिड अस्पतालका लागि गाउँपालिकाले अक्सिजन सिलिन्डर ल्याएको हो ।

महामारीको रुपमा फैलिएको कोरोना भाइरस आफ्नो पालिकाभित्र  फैलिएको र उपचार गर्न अक्सिजन चाहिने भएको हुँदा अक्सिजन सिलिन्डर ल्याइएको गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताए ।

कोरोना संक्रमित अक्सिजन अभावमा ज्यान गुमाउन नपरोस् भन्ने आफ्नो उद्देश्य रहेको अध्यक्ष केसीले बताए । हाललाई प्रयाप्त अक्सिजन आएको र अक्सिजनको अभावमा गाउँपालिकाबासिको ज्यान जान नदिने उनले बताए । आबस्यकता अनुसार अरु सिलिन्डर थपिने अध्यक्ष केसीको भनाई छ।

गाउँपालिकाले ३ लाख ७८ हजार ८ सय रुपैयामा बिरगंजबाट अक्सिजन ल्याएर नेपालगंजबाट भरेर ल्याएको हो । गाउँपालिकाको भोटेचौरमा रहेको कोभिड अस्पतालमा थप अक्सिजन जडान गरिने तयारी गाउँपालिकाले गरेको छ ।

अक्सिजन सिलिन्डर आएसगै १० बेडको रहेको उक्त अस्पताललाई बेड थपगरी शोमबार २० बेडको बनाइने निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रकाश दाहालले बताए ।

सात थान अक्सिजनबाट सेवा दिदै आएको कोभिड अस्पतालमा बिरामिहरुको दिनप्रतिन चाप बढ्दै गएको छ । हाल रहेका ७ थान अक्सिजनबाट कोभिड संक्रमीत बिरामिहरुलाई पालैपालो अक्सिजन लगाउदै गरेको भएतापनी थप आएको अक्सिजनले उपचार गर्न थप सहज हुने अस्पतालका डाक्टर प्रोशेष सिंहले बताए। थपिएका सम्पुर्ण बेडमा अक्सिजन जोडिने उनले बताए।

कति छ गाउँपालिकासँग अक्सिजन

गाउँपालिका सँग ४३ थान साना ठुला अक्सिजन सिलिन्डर रहेको छ।जसमध्य ठुला ३४ थान र एम्बुलेन्समा राखिने साइजको ९ थान रहेको स्वास्थ्य शाखा उपप्रमुख गणेशमान डाँगीले बताए । अक्सिजन सिलिन्डर बाहेक गाउँपालिका सङ ३ थान अक्सिजन कन्सन्ट्रेटर रहेका छ्न ।

सबै जोड्दा गाउपालिका सङ ४६ थान अक्सिजन रहेको गाउँपालिकाले जनाएको छ । थप ५ थान अक्सिजन कन्सन्ट्रेटर खरिदको लागि अर्डर भैसकेको र ३/४ दिनमा आउने बताएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ३ गते सोमवार