हामी सधै यस्तै त हो नि ब्रो…


Author Logo..
राधाकृष्ण

राधाकृष्ण

नाटकको पर्दा खुल्छ  र नाटक यसरी सरु हुन्छ…

पृष्ठभुमिमा कोभिड संक्रमितहरु अस्पतालको बिस्तरामा छटपटाई रहेका छन । ती बिरामीहरु स्याँ स्याँ गर्दै अक्सिजन मागिरेका छन । कोहि आफनो एक छाक खाना कटाएर दान गरेको पैसाबाट अक्सिजन खारिद गरेर बिरामीलाई दिदैछन् । तर पनि अक्सिजन पुगेको छैन । नर्स, डाक्टरहरु बेड पुगेन, अक्सिजन पुगेन भनेर कराउदैँ छन् । समस्या समाधान गर्न सबै लागि परेका छन । रातदिन लगाएर नयाँ बेडहरू पनि थपिदैछन ।

यी चित्कारको सम्बोधन गर्न एउटा नौलो अक्सिजन दिने मेसिनको एक समारोहका बिच भब्य उद्घाटन हुन्छ र उदघाटनका फोटा, मेसिनका फोटाहरु भाईरल हुन्छन । यो दर्शकदिर्घामा बसेको एक मनुवालाई यस्तो अनुभब हुँदै थियो कि मानाैं अब जिल्लामा अक्सिजन नपाएकै कारण कोहि मर्नेवाला छैन । प्रचार यसरी हुदै थियो कि ५१ लाखमा, कर्णाली प्रदेश सरकारको सहयोगमा, फलानोको पहलमा, कर्णलीमा नै पहिलो पटक अक्सिजन पलान्टको उद्घाटन इतयादी । हेर्दा रोचक थियो त्यो दृष्य ।

यसै बीचमा संचार माध्यममा समाचार आयो । समाचारमा  लेखिएको थियो…

‘सल्यान जिल्ला यतिबेला स्वास्थ्य सेवा कार्यालयले खरिद गरेको भनिएको एक उपकरणका कारण बिबादित बनेको छ । केहि दिन अघिसम्म उक्त मेसिनलाई सो कार्यालयले अक्सिजन प्लान्ट भएको दाबि गर्दै आएको थियो भने जिल्ला अस्पताल सल्यानमा कार्यरत डाक्टर र नागरिक समाजका अगुवाहरु उक्त मेसिन प्लान्ट नभई ठुलो खालको अक्सिजन कन्सन्ट्रेटर भएको जिकिर गर्दै आएका छन् । उक्त मेसिन चीनमा बनेको हो । कार्यालयले अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान गरि जनतालाई झुक्काएको आरोप छ  । यतिसम्म कि सामाजिक संजालमा अक्सिजन कन्सन्ट्रेटर हो भनि लेखिएका कमेन्टहरुलाई जिम्बेवार निकायबाट मेटाउने काम पनि भएको बताईएको छ । बिवाद भईसकेपछि यो मेसिन अक्सिजन कन्सन्ट्रेटर हो वा प्लान्ट हो आधिकारीक रुपमा सरकारी तवरबाट ठोकुवा अझै भएको छैन । सो आयोजना ५१ लाखमा सम्पन्न भएको उक्त कार्यालयले जनाएको छ ।’

अन्धाधुन्द प्रचारको बिचमा केहि सचेत प्राणीहरु झ संग झस्के कि एउटा फ्रिज जस्तो भाँडोबाट पाईप जोडेर बिरामीको कोठासम्म अक्सिजन लगिएको छ ।  रुपैया ५१ लाख, यो कसरी हुन्छ ? ती सचेत मनुवाहरुको आखाँ ती  भाईरल तस्बिरको भिडमा एउटा तस्बिरमा जान्छ । जसमा अंग्रेजीमा लेखिएको छ …

INDUSTRY OXYGEN CONCENTRATOR
MODEL  JAY-40
INPUT -220V, 50Hz, 2200VA
LONGFIAN SCITECH CO.LTDs

सचेत नागरिक समाजको जमात सो अक्सिजन मेसिनको बिस्तृत विवरण पक्ता लगाउन तर्फ लाग्छन । भिडबाट एक जना परिपक्क युवा मजाक गर्दै भन्छन– ‘हो. हो… साथी हो त्यो प्लान्ट नै हो तर मनिप्लान्ट  ।

दाई कसरी ? एकजनाले सोध्छन ।

उनी भन्छन्– ४ वटा कन्सन्ट्रेटर जोडेर बनाएको त्यो ठुलो कन्सन्ट्रेटर नै हो जसको मुल्य अलि बाबाको अनलाईन सपमा अधिकतम ४ लाख सम्म पर्ने उल्लेख छ । नपत्त्याए हेर्नुहोस् भन्दै माथिको स्पेसिफिकेसन सँगै मिल्ने सामानको फोटो र मुल्य सामाजिक संजालमा सार्वजनिक गर्छन ।

अब नाटकका परिदृश्यहरु फरक हुँदै गएका छन । अक्सिजन प्लान्ट जोडिएकोमा खुसि भएका युवाहरु एकाएक आक्रोसित देखिन्छन । यो कोराना संकटको बेला यतिसम्मको घोटाला गर्ने अपराधिलाई हदैसम्मको कार्वाहि गर, नत्र हामी गर्छौ । यस्तो संकटको बेला त यिनीहरुले यस्तो सम्म गर्न भ्याए भने अरुबेला झन कस्तो गरे होलान ? यिनीहरुको कार्यालयको सम्पुर्ण विवरण छानबिन गर्नु पर्छ । यत्रो घोटालामा यस कार्यालयको मात्र हैन यो भन्दा माथिल्लो निकायको पनि हात हुनुपर्छ । एक्लै कसरी यत्रो आँट गरे ? आदि आदि । थुप्रै आक्रोसहरु चलिरहे । युवाहरु आगो आगो देखिन्छन ।

यतिकैमा रेडियोमा अर्को समाचार बज्छ…

सल्यान अस्पतालमा ल्याइएको अक्सिजन कन्सन्ट्रेटरमा ३६ लाख अनियमितता, छानबिन समिति गठन ।

समचारको सार यस्तो छ ।

पत्रिकामा क्याटलग विधिबाट अक्सिजन प्लान्ट खरिदका लागि स्वास्थ्य सेवा कार्यालयले सुचना जारी गरेको, तीन वटा कम्पनिले निबेदन पेस गरेको, त्यस मध्ये १ कम्पनि छनौट भएको, ४० लाखको सिलिङ्गमा ३९ लाख ९९ हजारमा दर पेस गर्ने वाला कम्पनि छनौट भएको, यसरी हेर्दा बजार भाउ भन्दा ३६ लाख बढिमा सामान खरिद भएको, सुचना २०७७ पौष १३ मा प्रकाशित भएको, जडान कार्य २०७८ जेष्ठ १ गते सम्पन्न भएको । यस बिषयमा बुझ्न जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सेवा कार्यालयका कर्मचारीलाई प्रशासनमा झिकाएको, छानबिन गर्न समिति गठन गरेको । समितिमा जिल्ला प्रशासन, शारदा नगरपालिकाको प्रतिनिधि, कोलेनिकाको प्रतिनिधि र एक जना बायो टेक्निकल इन्जिनियर रहेको ।

समाचारमा सरोकारवालाको बाइट पनि आउछ ।

पत्रकारः यति ठुलो मुल्यमा फरक किन आयो, वास्तविकता बताईदिनुहोस न ?

स्वास्थ्य कार्यालयः हामीलाई कम्पनिले झुकायो, जोड्नु अघिसम्म त प्लान्ट नै हो भन्नेमा थियौँ । हतार हतारमा जोडियो । हामी कहाँनेरी चुक्यौँ भने सामान हेरिएन । अझै केहि बिग्रेको छैन, मुल्याङ्कन गरेका छैनाैं। सामान दाखिला पनि गरेको छैनौं । रकम भुक्तानी पनि गरेका छैनाैं । डाक्टर साबले कुरा बाहिर ल्याईदिनु भो धन्यवाद । बिरामी अक्सिजन नपाएर आक्रान्त थिए । हतारमा छिटो छिटो काम गर्दा यस्तो भो । हामी कम्पनिको भर पर्नु ठुलो गल्ती भो । कम्पनी दोषि छ । यो क्षेत्रमा हाम्रो विज्ञता पनि भएन । अर्को कुरा अहिले तपाईहरुले नै भने झै कम मुल्यमा सो समान पाईने भए बिक्रेता कम्पनि र स्वीकृत वा स्पेशिफिकेशन बनाउने बायो टेक्निकल ईन्जिनियरलाई कार्वाहि गर्नुपर्छ । हाम्रो दोष छैन । यो प्रदेशको बजेट हो । प्रदेशको इन्जिनियरले स्पेशिफिकेशन बनाईदिनु भएको हो ।

पत्रकार : तपाई कै कार्यालयबाट कुल ५१ लाख खर्च भएको बुझिएको छ । खासमा कति खर्च भाे ?

स्वास्थ्य कार्यालय : हो, ३९ लाख ९९ हजार मेसिनको मुल्य पर्न गएको छ ।  तर पाईपलाइन जडानका लागि थप १८ लाख रकम थियो । छिटो छरितो काम गनुपर्ने भएकाले  त्यो पैसाको काम टेन्डर नगरि गरिएकोले कुल खर्च कति भो हिसाब गरिएको छैन त्यसैले अहिले नै  भन्न सकिन्न ।

पत्रकार : डाक्टरहरुलाई यस्तो कुरा किन बाहिर ल्याएको भनेर थर्काउनुहुन्छ भन्ने आ छ नि ?

स्वास्थ्य कार्यालयः हैन, हैन थर्काको । त्यस्तो हुदैन । व्यत्तिगत केहि कुरा हुनसक्छ ।

युवा नागरिक समाजको भिड समाचार सुनिरहेको छ ।

व्यापारीक बिश्राम पछि थप समाचार वाचन हुन्छ ।

यसै बिषयमा थप बुझ्नका लागि हामीले बायो टेक्नििकल ईन्जिनियरलाई टेलिफोन सम्पर्कमा ल्याएका छौ ।

पत्रकार : अहिले त स्वास्थ्य सेवा कार्यालयले सबै दोष तपाईलाई नै दे को छ नी ?

इन्जिनियरः ‘मैले उक्त कामको इस्टिमेट गरेको हाईन । उहाँहरुले भने बमोजिम स्पेशिफिकेशन मात्रै गर्देको मात्र हु । मुल्य सँग मलाइ सरोकार हुदैन । आर्थिक कुरा मलाई थाहा हुदैन – जसरी उहाँहरुले प्राविधिक कुरा थाहा हुदैन भन्नु भएको छ ।’

पत्रकार : उसो भए उहाँहरुले कस्तो स्पेशिफिकेशन बनाउन अनुरोध गर्नु भयो त ?

इन्जिनियरः ‘अक्सिजन प्लान्ट संचालानको लागि थ्रि फेज लाईन चाहिने तर त्यहाँ सिंगल फेज लाईन भएकाले उहाँहरुले सिंगल फेज लाईन बाट संचालन गर्न सकिने खालको, अक्सिजन प्लान्टको लागि  दक्ष जनशक्ति चाहिने तर त्यस्तो जनशक्ति नभएको हुदा सामान्य प्राविधिकले संचालन गर्न सक्ने र प्रति मिनेट ४० – ५० लिटर अक्सिजन दिन सक्ने तथा १० – १५ वेडलाई पुग्ने प्लान्टको लागि स्पेशिफिकेशन गर्दिन दिएको निर्देशन अनुसार काम गरे ।

आरोपहरु एकले अर्कालाई थुपारी रहदा हामीसंग टेलिफोन सम्पर्कमा जडान गर्ने कम्पनिका संचालक जोडिनु भएको छ।

पत्रकारः अहिले त दोष तपाईलाई दिईरहेका छन नी ?

कम्पनिः क्याडलग सपिङ विधि बाट प्रस्ताव पेश गर्न आह्वान भएपछि आफ्नो कम्पनीले आफुसँग भएको सामानको प्राविधिक प्रस्ताव पेश गरेको र छनौट समितिले छनौट गरेर मुल्य पेश गर्न भनेपछि मुल्य र बायोमेडिकल ईञ्जिनियरको स्पेशिफेकेशन बमोजिम सामान ल्याएका हौ । तर मेसिनमा कन्सन्ट्रेटर लेखेपनि उक्त सामाग्री अक्सिजन दिने मेडिकल अक्सिजन जेनेरेटर भएकाले प्लान्ट नै हो ।

यसरी समाचार सुनिरहेका नागरिक अगुवाहरु भनी रहेका छन– ढाटेको कुरा काटेर मिल्दैन। कहिले जम्मा खर्च ५१  लाख भन्छन, कहिले ३९ लाख ९९ हजार मेसिनको हो, जडान सहित जम्मा कति खर्च भएको छ एकिन छैन भन्छन । कस्तो मनपरितन्त्र ? आक्रोसित देखिनछन सबैजना ।

एकजना युवा केटोले सोध्छ – हैन, समिति पनि बन्यो भन्छन। त्यो समितिले कहिलेसम्म अनुन्धान गरि सक्ने हो ? समयसिमा नतोकिएको समतिले अनुसन्धान गर्छ कि गर्दैन,  के बिश्वास ? नागरिक स्तरबाट सबै रहस्यहरु खुल्न आएपछि कम्तिमा नागरिकको प्रतिनिधि छानबिन समितिमा किन नबसालेको ? कतै काले काले मिलेर खाउ भाले त हुदैन ?

धेरै संकाका कुरा गर्यो त्यो केटोले । उसको आसंकामा  सबै जनाले सहमति जनाए ।

रातिको १० बजिसकेको छ ।

४ जना चश्मा लगाएका, कोट लगाएका, चिटिक्क परेका मान्छे देखिए । एक एक गर्दै बोलाउदै प्रश्न सोध्न थाल्छन ।

समितिः  तपाईको स्वास्थ्य सेवा कार्यालयले किनेको मेसिन अक्सिजन प्लान्ट हो कि कन्सन्ट्रेटर के हो ?

उत्तरः प्लान्ट नै हो सर, पहिले पहिले नरप्लाट खुब किनियो सर तर अहिले अलि कति नाम फरक परेछ मनिप्लान्ट हो सर ।

समितिः अक्सिजन प्लान्ट किन्ने भनेको पैसाले फरक समान किन किनेका त?

उत्तरः नरपलान्ट किन्ने बानी परेको सर फेरी पनि प्लान्टै किनियो ।

समितिः  तपाईले अक्सिजन मेसिन खरिदका लागि क्याटलग सपिङ्ग बिधि नै किन अबलम्बन गरेको ?

उत्तरः छिटो अनि गुण्स्तरिय  समान खरिद गर्न हजुर ।

समितिः  छिटो ल्याउन भन्नुभयो, सामान किन छिटो जडान गर्न सक्नु भएन त बिज्ञापन त मिति २०७७ पौष १३ मा गर्नुभएको रहेछ । यति सामान ल्याउन पनि ४ महिना लाग्यो । अनि गुणस्तरिय समान किन्न पनि यो बिधि छनौट गरे भन्नु भो सामान त झन प्लान्ट भनेको कन्सन्ट्रेटर ल्याउनु भएछ ?

उत्तरः सबै प्रक्रिया तल देखि माथिसम्म मिलाउनु पर्यो नि हजुर  । समय लागि हाल्छ नि । कुरो बुझनु भा छ नि हजुरहरुले पनि । हजुर पनि कर्मचारी, हामी पनि कर्मचारी । धेरै ठुलो कुरा नगर्नहोस  हजुर कहिले सासुको  पालो कहिले बुहारीको पालो । हजुरको समितिमा कहिले म पनि बस्नसक्ने दिन आउन सक्छन । यस्तै हो ।

समितिः  अस्ती पत्रकारसंग  हतारमा काम गर्दा यस्तो हुन गयो भन्नु भएको थियो ?  ४ महिनासम्म  के हेरेर बस्नु भो ?

उत्तरः काभिडका बिरामी मरिरहेको हेरेको हजुर ।

समितिः  आफुहरुसंग यो काम बारे बिज्ञता नभएको कारण  यस्तो भएको कुरा पत्रकारहरु संग  गर्नुभएको रहेछ । थाहा नपाएको कुरामा किन जान्ने भएको, बिज्ञको सहयोग लिनुपदैन ?

उत्तरः बिज्ञको सहयोग लिनुपर्छ भन्ने पनि थाहा भएन हजुर ।

समितिः  क्याटलग सपिङ्ग बिधि कस्तो लाग्यो ?

उत्तरः यो बैधानिक हिसाबले ठग्न बनाईएको आधुनिक ठग बिधि हो हजुर । यो बिधिबाट सेटिङ्गमा धेरै काम गर्न सकिन्छ । हजुरलाई भनौँ अहिले स्थानिय तहहरुले किनेका सबै स्कार्पियोहरु यसै बिधिबाट खरिद गरेका हुन हजुर । यो बिधिबाट ठुलो स्केलमा काम गर्ने ठुला ठाला मान्छेलाई खुब उपयोगी छ हजुर ।

यस बिधिमा आफुले किन्न चाहेको कम्पनिको समानसंग मिल्ने स्पेसिफिकेसन तयार गरिन्छ । ७ देखि १५ दिनको सुचना प्रकाशित गरिन्छ अनि ईच्छुक कम्पनिले  आधिकारीक स्पेसिफिकेशन, गुणस्तर, मुल्य र सुबिधा सहितको निबेदन संम्बन्धित कार्यालयमा पेश गर्दछन । यसरी निबेदन दर्ता गर्दा वोलपत्र जमानत राख्नु पर्दैन ।

प्राप्त निबेदनको मुल्याङ्गन गरि आधिकारीक बिक्रेताको सुचि तयार पारिन्छ । उक्त सुचिको आधारमा खरिद गरिने सामाग्रीको परिमाण खोलि उत्पादक वा अधिकृत बिक्रेताबाट तोकिएको मुल्य र सुबिधा मध्ये मुल्यमा छुट वा सुबिधामा थप हुनसक्ने विवरण सहितको आर्थिक प्रस्ताब मागिन्छ । यसरी आएका कम्पनि मध्येबाट सुबिधामा थप, मुल्यमा छुटका आधारमा छनौट गरिन्छ । यसरी छनौट भएको कम्पनिलाई कार्यसम्पादन जमानत लिई खरिद सम्झौता गरिन्छ ।

समितिः  यति त थाहा रहेछ त । पत्रकारसंग तपाईले भन्नु भा को रहेछ की मुल्याङ्गन पनि गरेको छैन, दाखिल्ला पनि गरेको छैन, भुक्तानी पनि गरेको छैन ? अनि मुल्याङ्गन नगरि सामान किन किनेको त ?

उत्तरः  त्यो पर्दैन ।  हा हा हा

समितिः  अक्सिजन मेसिनको लागि ४० लाख बजेट रहेछ । त्यो कम्पनिले ३९ लाख ९९ हजारमा हालेछ  । यो सेटिङ्ग हैन भनेर कसरि भन्ने ?

उत्तरः सर पनि, क्याटलग सपिङ्ग बिधिको बारेमा त्यत्रो कुरा गरे के बुझनु भो । छानबिन समितिको मान्छे हामी भन्दा ट्यालेन्ट हुनुपर्यो नि, कुरा बुझने खालको ।

समितिः  अनि पाइप जडानको काम जुन १८ लाखको थियो किन सिलबन्दी बोलपत्र मागेर नगरेको ?अनि जाबो फलामको पाईप जोड्न पनि त्यत्रो पैसा लाग्छ ?

उत्तरः  त्यो तपाईहरुलाई पनि थाहा होला हैन र हजुर । हजुरले यस्तो गरेको अनुभव छैन र हजुर । किन मागिन हुला आफै बुझनुहोस न ।

समितिः  तपाईको कार्यालयमा सामान खरिद यसैगरि गर्ने गरेको छ ?

उत्तरः  हामी सधै यस्तै त हो नि ब्रो ।

दिन भरि नाटक हेरेर थाकेका आँखा करिब १० बजे रातीबाट सुरु भएको निद्राबाट भङलङ्ग ब्युझिए, सपनामा पो रहेछु।  बिहानको ५ बज्यो । हेरूम आजको वास्तबिक छानबिन समितिले के के गर्छ ?

प्रकाशित मिति : २०७८ जेष्ठ ४ गते मङ्गलवार