जेठ ४, सल्यान ।
सल्यानमा काेराेना संक्रमणबाट मृ’त्यु हुनेकाे संख्या २७ पुगेकाे छ । याे जिल्ला भित्र बैशाख महिना यता मृ’त्यु हुनेकाे संख्या हाे ।
मंगलबार २ जनाकाे मृत्यु भएपछि मृतककाे संख्या २७ पुगेकाे हाे । जिल्ला बाहिर पनि सल्यानकै एक दर्जन जतिकाे मृ’त्यु भएकाे देखिएकाे छ ।
त्यस्तै मंगलबार सल्यानमा ७० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । याे सँगै सल्यानमा सक्रिय काेराेना संक्रमितकाे संख्या ५ सय ३१ रहेकाे स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएकाे छ ।
जसमा २७ जनाकाे जिल्ला अस्पताल सल्यानमा र ८ जनाकाे संस्थागत आइसाेलेशनमा उपचार भैरहेकाे स्वास्थ्य सेवा कार्यालयले जनाएकाे छ । अन्य ४ सय ९६ जना भने हाेम आइसाेलेशनमा बसेका छन् ।
मंगलबार मात्रै सल्यानमा ७० जना संक्रमित थपिदा १ सय ८ जना काेराेना मुक्त भएका छन् । भेरियन्ट सहितको दोस्रो चरणको कोरोना संक्रमणबाट एकै पटक यति धेरै काेराेना मुक्त हुनेको संख्या भने यो पहिलो पटक हो ।
सल्यान जिल्ला अस्पताल, संस्थागत आइसोलेसन र होम आइसोलेसनमा बस्दै आइरहेका १ सय ८ जना काेराेना मुक्त भएका हुन ।