सचेत र सुरक्षित नभएसम्म कोरोना कतै जाँदैन


Author Logo..
नविन पुरी

नविन पुरी/ दाङ ।

एका एक चाइना बाट भित्रीएको, पहिलो चरन को क‍भिड १९ कोरोना भाइरस को कारण नेपाल ले पनि ठूलो क्षेति बेहोर्नुपरेको थियो । महिनौ लकडाउन भयो, कयौको कोभिडको कारण ज्यान गयो । देशको अर्थतन्त्र डामाडोल भयो ।

तेस्तै दोस्रो चरणको कोभिड १९ कोरोना भाइरलले पनि कयौं को ज्यान लियो कयौं परिवार लकडाउन हुदा ज्याला मजदुरी गरेर साझ बिहानको छाक टारीरहेका हरुको लागि रोजि रोटि मजदुरीको काम पनि बन्द हुदा भोक सहन गर्न नसकेर आत्महत्या गर्न बाध्य पनि भए ।

सरकार ले लकडाउनमा गरिब दु,खि लाई खाद्यान्न राहत पनि बितरण गर्यो तर पनि कयौं वास्तविक पिडित सम्म राहात पुगेन  कोभिडले । गरिब दुखी मात्रै नभएर दुनिया बिश्वलाइ त्रसित बनायो ।

कयौं मा कोरोनाको संक्रमण बाट मरिन्छ कि भन्नि त्रास थियो । त कोही लाइ भोकमरि ले मरिन्छ कि भन्नि त्रास । यहि त्रासको भिडमा पनि कयौं देखिए ! स्वास्थ्य मापदण्ड नपनाएर खुलेयाम हिड्नेहरु ।

सरकार ले लकडाउन उल्घन गर्न नदिन टोल टोल बस्ति बस्ति मा सुरझ्याकर्मि पनि परिचालन गर्यो ! गाउँ शसर ठाउँ ठाउमा माएकिङ पनि गरियो ! तेहि पनि केही मानिसहरु सुरझ्याकर्मि को आँखा छलेर हिडिरहे !

बास्तबमा हामी स्वयम् नै हौ ! कोरोणा भाइरस फैलाउनि ! किन हामी यसरि अटेरि गरिरहेका छौ ? हाम्रो परिवार कोभिड को सिकार नभएता सम्म हामी ! मजाक मै लिने हौ त ?

दिनहु हजारौं संक्रमित भेटिएका समाचारहरु सुन्दा अनि देख्दा पनि हामी किन ! बुझिरहेका छैनउ ? कोरोना भाइरस लाइ घरभित्रै बसेर स्वास्थ मापदण्ड अपनाएर ! मात्रै हामी जित्न अनि भगाउन सक्छौ ! कोभिड हरायो भने घुम्न जाउला रमाउला अनि कमाउला !

कोरोना संक्रमण फैलाउनि वा पुर्ण रुपमा नियन्त्रण गर्नि भन्नि हाम्रो हातमा छ !

तेसै ले ! घर मै बसौ ! आफ्नो साथिभाइ लाई पनि ! अति जरुरि काम नपरे सम्म नभेटौ ! भेट्नु पर्नि भए पनि ! सामाजिक दुरि काएम गरेर भेटौ ! फेशबुक,टुइटर भाइबर जस्ता अनेकौं सामाजिक सन्जालमा कोभिड का बारेमा मनोबल घटाउनि भन्दा मनोबल बडाउनि किसिमका समाचारहरु पोष्ट गरौ !

हामिहरु ले पोष्ट गरेका मनोबल घटाउनि समाचारहरु कोभिड संक्रमित ब्यति ले पनि देखेको हुन सक्छ ! तेस्ता समाचारहरु ले उ प्रति नराम्रो असर पर्न सक्छ ! हाम्रो आत्म बल कमजोर भयो भने ! हामि बिरामि हुन्छौ

जस्तै हरिण को दौडिने गति ८० कि.मि प्रती घन्टा हुन्छ र बाघ को गति ६० कि.मि प्रति घन्टा हुन्छ । फेरि पनि अन्तिममा बाघले हरिणको शिकार गर्दछ । किनकी हरिणको मनमा म बाघ भन्दा कम्जोर छु भन्ने एक किसिमको डर हुन्छ र यहि डर का कारण उसलाई बारम्बार पछाडी हेर्न बाध्य बनाउछ । जस कारण उसको गति र मनोबल कम हुन थाल्छ र अन्त्यमा त्यस बाघको शिकार बन्छ ।

कोरानाको पनि यथार्थ तेहि हो। कोराना भन्दा कैयौं गुना बढी रोग प्रति रोधात्मक शक्ति हामी सङग छ, हाम्रो मनोबल र गति केबल डर को कारण ले कम हुन्छ, र हामी बिरामी हुन्छौं ।

कोरोना संक्रमित सबैले ज्यान घुमाएका छैनन् ! हामी संक्रमित भै हाले पनि आतिन्न हुदैन ! कोहि संक्रमित भए पनि उस्लाइ तिरस्कार नगरौ ! सबै ले माया साथ अनि हौसला प्रदान गरौ ! र कोहि संक्रमण जितेर आएका ब्यक्ति लाइ स सम्मान स्वरुप स्वागत गरौ ! किन भने अरु संक्रमित ब्यति र संक्रमित भएर उचाररत ब्यक्ति लाइ पनि हौसला प्रदान होस ।

महिनौ लकडाउन भए पनि ! धन धान्य ब्यक्तिहरु लाइ त खासै असर पर्दैन तर ! दिनभरि ज्याला मजदुरि गरेर आफ्नो परिवारको पेट पालिरहेकाहरु लाई नराम्रो असर परेको हुन्छ तेसै ले हुने ले केही खाद्यान्न नहुने लाइ दिउ र नहुने ले लिउ ! मानवता देखाउनि समय यहि हो ! भोको लाई पेट भरि खान दिनु भन्दा ठूलो धर्म पनि केही छैन !

सरकारले लागू गरेको सुचनाको सबै ले पालना गरौ ! सरकार ले आफ्नो लागि हैन मेरो लागि गरेको छ भन्नि सोचौ ! सकारात्मक सोचौ ! नकारात्मक समाचार नकारात्मक सोच नगरौ !सबै जना घर मै बसौ ! अति आबस्यक काम बाहेक घरबाहिर नजाउ ! माक्सको अनिवार्य प्रयोग गरौ ! बेला बेलामा साबुनपानीले हात धोउ ! कोरोना नियन्त्रण नभए सम्म हामी सबै सझक बनौ !

हामि सुरछित भए हाम्रो परिवार सुरछित हुन्छ ! परिवार सुरछित भए गाउँ समाज ! सुरछित हुन्छ अनि समाज सुरछित भए देश ! सुरझित हुन्छ !

प्रकाशित मिति : २०७८ जेष्ठ ८ गते शनिवार