जेठ ८, सल्यान ।
केहि दिनदेखिकाे लगातारकाे वर्षाले माैसम ढुम्म परिरहेकाे थियाे । आज (शनिबार) वर्षा राेकिएसँगै माैसम सफा रहेकाे छ ।
केहि दिनदेखि आकासमा लागेकाे बादल किनारा लागेर डाँडाकाँडाहरु सफासँग खुलेका छन् ।
यहि सफा माैसममा आज हामीले करिब २२ सय मिटरकाे उचाइमा रहेकाे बनगाड कुपिण्डे नगरपालिका ९ जयतपानीकाे डाँडाेबाट केहि तस्बिर कैद गरेका छाैं ।
उक्त डाँडाेबाट सल्यान सँगै राेल्पा, रुकुम, जाजरकाेट सुर्खेतसम्मकाे दृश्य देख्न सकिन्छ ।