• २०७९ माघ १३ गते शुक्रवार
  • Preeti To Unicode

मजदुर बाेकेर म्याग्दीबाट सल्यान आउँदै गरेकाे जिप चिप्लिएर दुर्घटना


जेठ १४, सल्यान ।

म्याग्दीकाे बेनीबाट सल्यानको लागि छुटेको जिप दाङमा चिप्लिएर दुर्घटना भएको छ ।

बेनीमा मजदुरी गर्न गएका सल्यान कपुरकोटका मजदुरहरुलाई ल्याउँदै गर्दा म्याग्दीबाट सल्यानको लागि छुटेको रा १ ज ५१५ नम्वरको जिप बिहिवार दिउँसो ४ बजेतिर दाङकाे बेलझुण्डी नजिकै चिप्लिएर दुर्घटना भएको हो ।

दुर्घटनामा परि चार जना यात्रु घाईते भएका छन् । घाईते हुनेमा सल्यान कपुरकोट गाउँपालिका १ रिम बस्ने १७ बर्षिय सन्तोष विक, सोहि वडाको सारपानी बस्ने १८ बर्षिय गगन बाँठा, सोहि ठाउँका ३८ बर्षिय ललित विक र सोहि वडाका घुर बस्ने १५ बर्षिय दोर्ण विक रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाईतेहरुमध्ये सन्तोष बिक र दोर्ण बिक गम्भीर छन्, उनीहरु सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

प्रहरीकाअनुसार जिपमा १२ जना यात्रु थिए । अन्य भने सकुसल छन् ।

सडक साँघुरो र बर्षाका कारण चिप्लिएर दुर्घटना भएको हुन सक्ने प्रहरीकाे प्रारम्भिक अनुमान गरेको छ । जीपको छत भुईतिर र मुनीको भाग माथितिर फर्केको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ १४ गते शुक्रवार