• २०७८ असार ८ गते मङ्गलवार
  • Preeti To Unicode

संवैधानिक इजलासका लागि प्रधानन्यायाधीशले छाने यी चार न्यायाधीश


जेठ १४, काठमाडाैं ।

प्रतिनिधि सभा विघटनलगायत विषयमा परेका ३० रिटको सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानि इजलास गठन गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षमा गठित इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजवहादुर केसी र बमकुमार श्रेष्ठ तोकिएका छन् ।

प्रधानन्यायाधीश राणाले न्यायपरिषद्ले बनाएको सूचीबाट चार जना न्यायाधीश छानेका हुन्।

आज संवैधानिक इजलासमा ११ रिटको पहिलो सुनुवाइ हुँदैछ। अरू १९ रिट पनि हिजो प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले गम्भीर संविधानिक व्याख्या गर्नुपर्ने भन्दै यही इजलासमा पठाएका छन्।

संविधानको धारा ७६(५) वमोजिम प्रधानमन्त्रीमा दावी गरेका केपी शर्मा ओली र शेरवहादुर देउवा दुवै जनाले विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत नगरेको भन्दै राष्ट्रपतिले जेठ ७ गते दुवैका दावी अश्वीकार गरेपछि प्रतिनिधिसभा भंग भएको थियो ।

त्यसका विरुद्ध देउवासहित विघटित प्रतिनिधिसभाका १४६ सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

अरू २५ रिटमा  धारा ७६-३ अन्तर्गत नियुक्त प्रधानमन्त्रीले शपथ नलिइकन वा राजीनामा नदिइकन नयाँ सरकार गठनको आह्वान गर्ने नमिल्ने, बहुमत सांसदले दिएको हस्ताक्षर हुँदाहुँदै नयाँ सरकारको दाबी पुगेन भनी राष्ट्रपतिले निर्णय गर्न नपाउने जस्ता जिकिर छन्।

प्रकाशित मिति : २०७८ जेष्ठ १४ गते शुक्रवार