• २०७८ असार ८ गते मङ्गलवार
  • Preeti To Unicode

दाङको मितेरी हस्पिटलमा जुमल्याहा बच्चाको Normal Delivery


Author Logo..
सागर थापा

(सागर थापा) दाङ । विश्वभरि फैलिएको कोरोना भाइरस (COVID-19) को दोस्रो चरणको महामारी चलिरहदा पनि सम्पुर्ण स्वास्थ्यका मापदण्डहरु अपनाऊदै दाङ घोराही मितेरी हस्पिटलमा नियमित रुपमा स्वास्थ्य चेकजाँच तथा सामान्य र जटिल प्रकारका अप्रेसनहरु गर्दै पनि आईरहेको छ ।

निजि क्षेत्रमा पनि विशुद्द एवम् भरपर्दो सेवा प्रदान गर्ने उदेश्यका साथ सञ्चालित अस्पतालमा यस्तो महामारी तथा सबैतिर भईरहेको निशेधआज्ञाको समयमा अन्य ठाँऊमा भर्ना लिन नमानेको एउटा प्रसब पिडामा छट्पटाईरहेकी महिला आऊनु भएको थियो। त्यो अबधीसम्म उहाँले एक पटक पनि गर्भजाँच गराउनु भएको थिएन्। त्यस्तो कठिन समस्याले पिडित ति महिलाको मितेरी अस्पपतालमा २४ औ घण्टा कार्यरत प्रसुती तथा स्त्रीरोग बिशेषज्ञ डा.अनुपमा शर्माद्वारा सामान्य प्रसुतिद्वारा नै सुत्केरी बनाइएको हो।

जसको पेटमा दुई बच्चा भएको पनि बिरामीलाई थाहा नभएको बेला पनि १५०० ग्रामको छोरा र १६०० ग्रामको छोरिको जन्म भयो। नोट: महामारीको समयमा पनि सम्पुर्ण बिशेषज्ञद्वारा स्वास्थ्य जाँच तथा सामान्य एवम् जटिल प्रकारका अप्रेसन भईरहेका मितेरी हस्पिटल घोराहीका संचालक माधव भण्डारीले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ १६ गते आइतवार