• २०७८ कार्तिक ७ गते आइतवार
  • Preeti To Unicode

कोरनाले थलिएका नागरिक र भ्रष्टाचारले जेलिएको सरकार


मिसन सुनार

मिसन सुनार

चिनको बुहान प्रान्तबाट फैलिएको कोरना भाइरस आज बिश्वका प्रायः देशहरु अछुत छैनन । नेपाल पनि त्यसबाट अलग रहने कुरै थिएन। मानव जातिको उत्पति पछि मानव समुदायमा आएको संकट नयाँ  प्रकृतिको भएता पनि मानव इतिहासले चरणबद्द यस्ता संकट भोग्दै आएको सत्यता ईतिहास सिद्ध छदैछ ।

विश्वका कयौ देशहरु यो अदृश्य भाइरसबाट बच्नको लागि स्वास्थ्य सत्रकताको निम्ति विभिन्न विधि प्रयोग गरिरहेका छन । जस अनुसार लकडाउन देखि खानपान,उठबस,आवागमनमा समेत प्रतिबन्ध लगाउदै रोगबाट बच्ने उपाएको खोजिमा लागे भने शक्ति सम्पन्न र नागरिक प्रती अभिभाकत्व गर्ने राष्ट्र र राष्ट्र प्रमुखहरु रोग निराकरनको दीर्घकालीन उपाएको खोजमा जुटे ।

वैज्ञानिकहरु त्यही किसिमको अनबेसनमा लागे जसको परिणाम भ्याक्सिन बनाउना सफल भए । त्यही भ्याक्सिन आज विश्वभरीका मान्छेको लागि आशाको त्यान्द्रो बनेको छ । रोगलाइ मात्रात्मक न्युटलाइज गर्ने भ्याक्सिन बनेता पनि यो भाइरसको अचुक औषधि भने पत्ता लाग्न सकेको छैन ।

हाम्रो देश नेपाल २०७६ चैत्र ११ देखि  लकडाउन भयो।प्रदेश गएका नागरिकहरु १० औ दिन पैदल हिडेर घर फर्कनु पर्यो । विदेश गएका नागरिक स्वदेश फर्कदा काठमाडौका क्वारेन्टाइनमा महङ्गो शुल्क तिरेर बस्नु पर्यो । स्थानीय सरकारले बनाएका क्वारेन्टाइनमा मानिसहरु झाडापखाला लागेर मर्ने देखि बलात्कारसम्मका घटना घटे ।

राज्यकोषबाट छुट्ट्याएको पचासौं लाख बजेट प्रक्रियासहितको भ्रष्टाचारमा पूरा भयो । बरु मनकारी सहयोगी हातहरुले ब्यक्तिगत ढंगले भए पनि केही न केही समाजिक दाइत्व पूरा गर्दै मलम लागाउने काम गरे।केन्द्रिय सरकार देखि प्रदेश सरकार  सम्म कीट खरिद देखि मास्क खरिद सम्म भ्रष्टाचारमै सिमित रहयो ।

कठै हाम्रो देश ? जतिबेला देश र नागरिकमा संकट उत्पन्न हुन्छ।त्यतिबेला सत्ताको रजगजमा रमाएका ठेकेदारहरु भ्रष्टाचारको खेतिमा लिप्त हुन्छन । यो त बिगत २०७२ मा आएको भुकुम्पले पनि पुष्टि  गरेकै छ । त्यतिबेलाको भ्रष्टाचारमा राजनीतिकर्मी, कर्मचारी देखि पत्रकारसम्म पनि अछुत रहन सकेनन ।जस्तापाता देखि त्रिपाल सम्म बेचेर खाएको रेकर्ड ताजै छ ।

आज पनि देशका नागरिकहरु रोग, भोक, शोकले आक्रान्त भएका बेला दलाल पुजिवादका मुखियाहरु लाखदेखि करोड सम्म कसरी हसुर्ने भन्ने दाउपेचमा लागिरहेकाछन । नागरिकहरु अक्सिजन नपाएर अस्पतालका सैयामा छटपटाइरहेको यो दु:खद घडिमा एक डेरलाखको समान किनेर ५० लाख पर्ने समानको प्रचार गर्छन । यसको उदाहरण सल्यान अस्पताललाई दिन सकिन्छ । यो त एउटा बाहिर आएको घटना मात्रै हो । यो भन्दा ठुला भ्रष्टाचार गुमनाम छन ।

देश अहिले पनि लकडाउनमै छ।  नागरिकहरु एक बर्ष यता त्रासदीपुर्ण  जीवन जिउन बिबस छन । अम्दानिका स्रोतहरु गुमेका छन। साना ब्यपारिहरुको उठिवास लाग्ने अवस्थाको सिर्जना भएको छ । यहि मौकामा कालोबजारी र महङ्गिले सिमा नाघेको छ । सम्बन्धित निकायहरु दुलोमा  पसेका मुसा जसरी लुकेका छन ।

राजनीति पार्टीहरु सत्ता र प्रतिपक्षको भुमिकामा आरोप प्रत्यारोपमै बेसुर छन । कि सत्तामा तिनै प्रतिपक्ष भएको भए आकाशै खसाउथे जस्तो बिरोध गर्छन। कम्तिमा यस्तोबेला पार्टीहरुलाइ राजनितिकरन भन्दा सामाजिकिकरन गर्दा बेटर हुथ्यो कि ? जतिबेला नागरिकहरुलाइ राहातको जरुरत  थिएन त्यतिबेला गाडी कुदाउदै राहाद सामाग्री बितरनको प्रचार गर्दै भासण गर्दै हिडे ।

साच्चिकै भन्ने हो भने राहातको आवश्यकता यतिबेला परेकोछ । जसले दैनिक दिन काम गरेर चुलो बाल्द थियो । मजदुरहरु एकबर्ष यता कामै पएका छैनन । हाम्रो राज्य कति निकम्मा छ भन्ने प्रमाणित यहिबाट हुन्छ कि कोरनाको दोस्रोलहरले मानबसमुदायमा अक्सिजनको हाकार हुदा राज्यले यसको सामधान दिन नसक्नु । बरु बिदेशमा कुल्ली गर्न गएका दाजु,भाइले आफ्नो श्रमबाट आर्जित रकम उठाएर अक्सिजन सिलिन्डर उपलब्ध बनाउछन र यसले राज्य नभएको अनुभुति गराउछ ।

यी सबै समस्याको हल के होला त? खोज्न मन लाग्छ।यसको गहिरो बहस छेडन जरुरी छ । पुजिवादको उन्मादमा रहेका देशहरु अझ भन्ने हो भने उत्तर साम्राज्यवादि कित्तामा रहेको अमेरिका कसरी थला पर्यो र हार खायो साम्राज्यवादमा विकास गर्दै गरेको भारतको हालत खराव छ । यहि कुराले सजिलै फैसला गर्छ कि ब्यवस्था र राज्यप्रणाली  अनुसारको समाधान दिन सक्किदो रहेछ भन्ने कुराको पुष्ठि हुन्छ ।

समाजवादको बाटो पछ्याइरहेको चीन र रुस जनबादी गणतन्त्र भएको कोरिया कोरनाको निराकरनमा अब्बल देखिएका छन । पुँजिवाद वा साम्राज्यवाद  निजि स्वामित्वमा आधारित हुन्छन भने । समाजवादी राज्यप्रणाली सामुहिक हित,सामुहिक ब्यबस्थापनमा बढी जोड दिन्छ ।

त्यसैले ब्यबस्था र प्रणालीको सुदृढीकरण गर्न सक्यौ भने अबश्यपनी नागरिक अधिकारलाइ सुनिश्चित गर्न सकौला हैन भने कुर्सी र पात्रको लाडाइ चलिरहने  नागरिकले अकालमा ज्यान गुमाइरहने जनता नयाँ नयाँ प्रकृतिबाट ठगिने र लुटिने चलन रहिरहने छ । महामारीले जनजिवन पिडादएक अबस्थामा गुर्जिरहेको बेला राजनितिक लडाइ यति घिन लाग्दो भएको छ कि सरकार भ्रष्टाचारको खेतिमा  मस्त छ ।

पार्टीहरु सबै बिभाजनको दिशामा उन्मुख छन।एकले अर्काको अस्तित्व स्विकार गर्ने भन्दा संगठनात्मक पद्धतिमा भन्दा ब्यक्ती केन्द्रित अराजकतावादको दलदलमा फस्दै र एकले अर्कोलाइ कार्वाही गरेको घोषणा गर्दै हिडेका छन। भ्रष्ट कर्मचारी ,भ्रष्ट राजनितिकर्मी आफैलाइ असल राष्ट्रवादी र सदाचारी भएको डंका पिटदै हिडेका छन । सिमा पारिको रिमोटबाट चल्ने यन्त्र मानव जस्तै  गुलामहरु छिमेकीको आशिर्वादमा सत्ताको रसातालमा डुबुल्की मारिरहेका छन।

त्यसैले अबको निष्कर्ष भनेको ब्यबस्थाको हो पात्र अथवा पार्टीको होइन।इतिहासलाई फर्केर हेर्दा जतिपनी परिवर्तन भएका छन ती सबै क्रान्ती आन्दोलन बाट नै भएका छन । बरु ती आन्दोलनका उपलब्धीको रक्षा र सस्थागत बिकास हुन सकेनन । किन कि आन्दोलनको विश्राम पश्चात् देशी बिदेशी शक्ति केन्द्रको गोटि बन्न पुग्नु र निजि जिवनलाइ ब्यबस्थित गर्नु नै आजको आवश्यकताको बाधक अस्त्र बनेको छ।

अबको नेपाली समाजको भबिश्य र अधिकार सुनिश्चित गर्ने हो भने यो सबै संकटको हल गर्नको निम्ति बैज्ञानिक समाजवाद नै आजको अपरिहार्य आवस्यकता बनेको छ । जहाँ मानव समुदाय आफ्नो क्षमता अनुसारको काम र काम अनुसारको दाम पाउने छन । शिक्षा ,स्वास्थ्य,रोजगार,र न्याय ,समानताको ग्यारेन्टी हुने छ । ब्यक्तिगत उत्पादन प्रणाली हैन सामुहिक उत्पादन प्रणाली र सामुहिक बितरण प्रणालीको लागू हुनेछ त्यसैले कति सुन्दर छ बैज्ञानिक समाजवाद ।

प्रकाशित मिति : २०७८ जेष्ठ १७ गते सोमवार