म एउटा डाक्टर, नर्स, पारामेडिक्स तथा समग्रमा भन्नु पर्दा एउटा स्वास्थ्यकर्मी हुँ ।
मानव स्वास्थ्यसंग सबैभन्दा नजिक हुने एउटा मुख्य पात्र भनेकै स्वास्थ्यकर्मी तथा डाक्टर हुन् । सामान्य स्वास्थ्यमा आउने समस्याहरू देखी लिएर ठूलो जटिल प्रवृत्तिका समस्या तथा महामारीको समयमा अग्रपतीमा रहेर निरन्तर, आफ्नो ज्यानको प्रवाह नगरीकन दिनरात सेवामा खटिने स्वास्थ्य कर्मी तथा डाक्टरप्रति उच्च सम्मान छ ।
‘स्वास्थ्य नै धन’ हो भन्ने भनाइलाई आत्मसाथ गर्ने हामी, स्वास्थलाई कसरी स्वस्थ अनि सन्तुष्ट बनाउने भन्ने कुरामा विभिन्न तरिकाबाट सधै निरन्तर रुपमा लागेको हुन्छौं ।
पछिल्लो समयमा स्वास्थ्यको अग्रपंतिमा रहेर निरन्तर खट्टिएर काम गरिरहेको अवस्थामा स्वास्थ्यकर्मीहरुमा भएका घटनाहरू अति नै निन्दनिय छन् । साँच्चै नबुझ्ने हुन्, कि नबुझेझै गर्ने हुन, आखिर अस्पतालमा बिरामी निको पार्नका लागि निरन्तर आफ्नो तर्फवाट सम्पूर्ण शक्ति प्रयोग गरी खट्टिरहेका डाक्टर र स्वास्थ्यकर्मी माथी संघातिक आक्रमण गर्न खोज्नेहरु, के सोच्छन होला आफूले आफूलाई कि साच्चै बलवान र क्षमतावान हुन भने कालापानी लिपुलेख र लिम्पीपयाधुराका लागी लड्न जाउन ।
बिरामीको उपचारमा खटिएर लागि परेका डाक्टर, नर्सप्रति हैन् । हामीले मानव स्वास्थ्यलाई बचाउन स्वास्थ्य स्थिति बिग्रिन नदिन र बिरामीलाई नयाँ जिवन दिन लाखैं खर्च गरी एउटा स्वास्थ्यकर्मी तथा डाक्टर भएका हौ, कि कसैको जिउँदो शरिरमाथी खेलवाड गर्नलाई हाेइन् ।
सामान्य औषधी दिदाँ त भगवानलाई सम्झेर सेवा गर्ने डाक्टर तथा स्वास्थ्यकर्मी माथी यस्तो अन्याय कहिले सम्म ? ठूला मान्छेको पावर, बल देखाउने, तथा पैसाले मानव स्वास्थ्य माथी खेलवाड गर्ने स्वास्थ्य जस्तो संवेदनसील क्षेत्रमा राजनितिक प्रवृति देखाउने अनि निरन्तर रुपमा मानव स्वास्थ्यमाथी अहोरात्र खटिने स्वास्थ्यकर्मी माथी गाली गलोज, डरधम्की, अपहेलना देखी लिएर हातपात सम्म गर्ने र गर्नकम खोज्ने जो कोहीलाई पनि कारवाही गर्ने एउटा बलियो कानुन होस र स्वास्थ्यकर्मी लाई उच्च सम्मान गर्ने क्षमता सबैमा अभिवृद्धि होस ।
स्वास्थ्यकर्मी, महेश कुमार रोकाय दार्मा गाउँपालिका ६ सल्यान हाल घोराही १५ दाङ ।