• २०७८ असार ८ गते मङ्गलवार
  • Preeti To Unicode

भेरी अस्पतालमा भएकाे आक्रमणबारे छानविन समितिले सार्वजनिक गर्याे यस्ताे प्रतिवेदन


जेठ २०, नेपालगन्ज ।

भेरी अस्पताल नेपालगञ्जका डाक्टर र नर्सिङ स्टापहरुमाथि भएको आक्रमण बारे छानविन गर्न गठित समितिले प्रतिवेदन सार्वजनिक गरेको छ । छानविन समितिले उक्त घटना सुनियोजित नभई आवेग र उत्तेजनाको परिणाम भएको निष्कर्ष सार्वजनिक गरेको हाे ।

प्रतिवेदनमा अस्पतालको सेवामा खोट औंल्याउँदै भएका केही कमी कमजोरी सुधार गर्नुपर्ने कुरा उल्लेख गरिएको छ ।

प्रतिबेदनमा अस्पतालका चिकित्सकदेखि सबैको सुरक्षाको लागि विषेश ध्यान पुर्याउन समितले सुझाव दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

‘अस्पतालको सेवालाई थप गुणस्तरीय बनाउन प्रतिवेदनमा सुझाब दिइएको छ,’ उनले भने । त्यसैगरी प्रतिवेदनमा स्वास्थ्कर्मी माथि हुने आक्रमणका घटनामा संलग्नहरलाई कारवाहीको कानून फितलो भएको हुँदा कानुन थप कडा बनाउन सुझावपनि दिइएको छ ।

भेरी अस्पतालमा जेठ १३ गते भएको स्वास्थ्यकर्मीहरु माथि भएको आक्रमण र अस्पताल तोडफोडको घटना छानविन गर्न जेठ १४ गते बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको संयोजकत्वमा ७ सदस्यीय छानविन समिति गठन गरिएको थियो ।

समितिले बुझाएको प्रतिवेदनमा विभिन्न २० बुंदे कमी कमजोरी औल्याउदै २५ बुंदे सुझाव दिइएको छ । समिति गठन भएको ४ दिनपछि १७ गते साँझ छानविन समितिले प्रतिबेदन बुझाएको थियो ।

प्रकाशित मिति : २०७८ जेष्ठ २० गते बिहिवार