• २०७८ असार ८ गते मङ्गलवार
  • Preeti To Unicode

राजेन्द्र महताेकाे पुत्ला दहन गर्ने विद्यार्थी नेताहरु पक्राउ


जेठ २२, काठमाडाैं ।

नवनियुक्त उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतो पुत्ला दहन गरिएकाे छ । नेकपा एमाले माधव नेपाल समूहकाे अनेरास्ववियुले शनिबार बेलुकी नयाँ बानेश्वरमा पुत्ला दहन गरेकाे हाे ।

पुत्ला दहन गर्ने आरती लामा, सुरेश पराजुलीसहिका विद्यार्थी नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

महताेले मन्त्री नियुक्त हुनासाथ देश टुक्राउने अभिव्यक्ति दिएकाे भन्दै पुत्ला दहन गरिएकाे हाे । उनले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउन आन्दोलन गर्ने बताएका थिए। पुतला दहनमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि नाराबाजी गरिएकाे थियाे ।

शनिवार जसपा पार्टी कार्यालयमा नवनियुक्त मन्त्रीहरुलाई गरिएको स्वागत कार्यक्रममा बोल्दै महताेले एकल राज्यका कारण विभिन्न समुदाय पछि परेको भन्दै बहुल समुदाय रहेकोले बहुलतामा आधारित राज्य सञ्चालन गर्नुपर्ने बताए ।

यसैबीच एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल निकट १८ जन संगठनले उपप्रधानमन्त्री राजेन्द्र महतोको विवादित अभिव्यक्तिबारे किन मौनता साधेको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् ।

१८ जनसंगठनले शनिबार साँझ सामूहिक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीको मौनताले उनीमाथिको विश्वास खण्डित भएको पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ २२ गते शनिवार