• २०७८ असार ८ गते मङ्गलवार
  • Preeti To Unicode

प्रधानसेनापतिले पत्रकारसँग विप्लव नेकपाबारे के भने ?


जेठ २३, काठमाडौं ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी भविष्यमा फेरि द्वन्द्वको बाटोतिर नजाने सेनाको विश्वास रहेको बताएका छन् ।

कार्यकालको एक हजार दिन पूरा भएको अवसरमा पत्रकारहरुसँग कुरा गर्दै थापाले सरकार र विप्लव नेकपाबीच भएको वार्ताले मूर्तरुप लिने पनि विश्वास व्यक्त गरे ।

‘सरकारले वार्ताको वातावरण सिर्जना गरेपछि अहिले विप्लव नेकपाले राजनीतिक धारमा आउने सम्भावना देखाएको छ,’ थापाले भने, ‘विश्वास गरौं, यसले मूर्तरुप लिनेछ र नेपाली समाजलाई भविष्यमा द्वन्द्वको श्रृंखलामा अगाडि लैजानका लागि अगाडि बढ्ने छैन ।’

थापाले नेपाली जनताको चाहना र मुलुकको आवश्यकता पनि द्वन्द्व नभएको बताएका छन् ।

‘त्यसकारणले कुनै पक्ष समाजमा गएर द्वन्द्व सिर्जना गर्छ, विखण्डन सिर्जना गर्छ भने त्यसलाई सेना, सम्पूर्ण सुरक्षा निकाय र राष्ट्रले पराजित गर्नेछ,’ उनले थपे, ‘राष्ट्रका सबै निकाय ‘होल अफ द नेसन’ अप्रोचमा गए ती प्रवृत्तिलाई स्वतः सामना गर्न सकिन्छ ।’

पूर्खाले नेपाल जोगाएको इतिहासलाई स्मरण गराउँदै उनले भविष्यमा पनि सेनाले सबै निकायको साथ लिएर राष्ट्रको रक्षा गर्ने बताए ।

प्रकाशित मिति : २०७८ जेष्ठ २३ गते आइतवार