• २०७८ असार ८ गते मङ्गलवार
  • Preeti To Unicode

राप्ती राजमार्गकाे मर्मत कार्य सुस्त गतिमा


जेठ २५, सल्यान ।

राप्ती राजमार्गकाे सल्यान सडक खण्डमा थालिएकाे मर्मत कार्य सुस्त गतिमा देखिएकाे छ ।

सल्यानकाे कपुरकाेट गाउँपालिका स्थित अरिंगालेफेदी देखि सल्यान-रुकुमकाे सिमाना खाैलासम्मकाे ७६ किलाेमिटर सडकलाइ गर्न थालिएकाे मर्मत कार्य सुस्त गतिमा छ ।

अहिले ३ ठाउँमा काम भैरहेकाे छ ।

सडक डिभिजन कार्यालय दाङका इन्जिनियर विजय रेग्मीकाअनुसार अहिले अरिंगालेफेदीदेखि सल्लेखाेलासम्मकाे खण्ड, भट्टाचाैरदेखि पटारेसम्मकाे खण्ड र बागचाैर देखि सिमाखाेलीसम्मकाे खण्डकाे काम भैरहेकाे छ ।

सल्लेखाेलादेखी लान्तीसम्म्काे दुइवटा ठेक्का, सितलपाटीदेखि भट्टाचाैरसम्मकाे र सिमखाेलीदेखि खाैलासम्मकाे काम सम्पन्न भएकाे उनले बताए । उनले भने, ‘ बजेट समित भएकाेले जहाँसम्म क्वान्टिटी पुग्छ त्यहिसम्म काम गरेका छाैं ।’

बागचाैर आसपासमा काम अलि फास्ट गतिमा गरेकाे देखिएपनि भट्टाचाैरदेखि पटारेसम्म जिम्मा लिएका ठेकेदारले भने काम फास्ट गतिमा गरेकाे देखिएकाे छैन् ।

याे रुट अलि लामाे भएकाेले काम पनि असारसम्म सक्न गाह्राे भएकाे देखिएकाे छ  ।

उता अहिले काम भैरहेकाे सल्लेखाेलादेखि अरिंगालेसम्मकाे ठेकेदारकाे ठेक्का लान्तीदेखि श्रीनगरसम्म्काे पनि भएकाेले दुवै ठाउँमा एकैपटक काम हुन सकेकाे छैन् । सल्लेखाेलाकाे काम सकेपछि मात्रै लान्ती श्रीनगरसम्मकाे काम गर्ने ति ठेकेदारले बताएका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ २५ गते मङ्गलवार